हिमालयन एकाडेमीको वार्षिकोत्सवमा ‘वर्ष उत्कृष्टहरु’ सम्मानित
मेचीनगर । हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित मेचीनगर–१० धुलाबारीस्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६ औं वार्षिक उत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा विजया निरौला, कर्मचारीका रुपमा सुशीला खनाल, अभिभावकका रुपमा शान्ति राजवंशी र उत्कृष्ट विद्यार्थीका रुपमा रिया कवरलाई सम्मान गरेको छ ।
यस्तै, सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट तथा प्याब्सन झापाको सांस्कृतिक प्रतियोगितामा जिल्ला प्रथम बनेको मोर्डन डान्सका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनका निर्देशक अनन्तप्रकाश वस्तीको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले समाजका हरेक क्षेत्रमा उत्कृष्ट नागरिक बनाउने शिक्षा प्रणाली चाहिएको बताए । उनले शैक्षिक गुणस्तरसँगै दक्ष नागरिक उत्पादन गर्न र यही रोजगारीको वातावरण सिर्जना गर्न सबै क्षेत्र लानु पर्नेमा जोड दिए ।
मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले शुभकामना मन्तव्य राखेको कार्यक्रममा हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनका संस्थापक हिम्मत क्षेत्री, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, मेचीनगर वडा नं १० का वडाध्यक्ष नारायण खनाल, अन्य विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुको आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल जगत बहादुर तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत शिक्षक मोहन भट्टराईले गरेका थिए । विद्यालयका प्रिन्सिपल तामाङले हिमालयन स्कूल स्थापनादेखि वर्तमानसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले विद्यालयको प्रगतिमा अभिभावकको प्रत्यक्ष सहभागिता रहेको आगामी दिनहरुमा पनि रहिरहने विश्वास व्यक्त गरेका थिए ।

विद्यार्थीद्वारा राष्ट्रिय गीत गाएर सुरु भएको वार्षिकोत्सवमा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । शैक्षिक क्षेत्रमा अनवरत रुपमा लागि परेको हिमालयन इङ्लिस एकाडेमी मेचीनगरकै उत्कृष्ट शैक्षिक थलोको रुपमा स्थापित छ ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
