थेसिसले भब्यताका साथ मनायो १६ औं वार्षिक उत्सव
बाहुण्डाँगी । मेचीनगर–३ स्थित थेसिस अंग्रेजी माविले शुक्रबार १६ औं वार्षिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
स्व. रणवीरररनमाया रुचालको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नर्सरीदेखि कक्षा १० सम्मका एकल तथा सामूहिक नृत्य, गायन, चेतनामुलक नाटक र कविता लगायतका रोचक प्रस्तुतिहरुले अभिभावक तथा अतिथिहरुलाई उत्साहि बनाएका थिए ।
कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न क्षेत्रका तीन प्रतिभालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले चरा अभियान्ता देवेन्द्र खरेल, हात्ती तथा वन्यजन्तु संरक्षण अभियान्ता शंकर लुइँटेल र समाजमा नाट्यविद्याबाट जनचेतना जगाउँदै आएकी परिवर्तन थिएटरकी संस्थापक अध्यक्ष कविता नेपाललाई सम्मान गरेको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल डम्बर रुचालको सभातित्व तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले व्यवहारीक र बैज्ञानिक शिक्षामा जोड दिए । उनले निजी विद्यालयहरुले विद्यार्थीको क्षमता विकासका लागि गरेको योगदानको खुलेर प्रशंसा गरे ।
कार्यक्रमका विषेश अतिथि वडानम्बर – ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले संस्कार मुलक शिक्षा आजको आवश्यक्त रहेको बताएका छन् ।
त्यस्तै प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीको मन्तव्य रहेको उक्त कार्यक्रममा प्याब्सन झापाका सचिव एच के पाठक, मेचीनगर – ३ का वडाध्यक्ष हर्क बस्नेत, २ का वडाध्यक्ष दीपक बराल, नवज्योती युवा क्लवका अध्यक्ष सुमन थापा, एनप्याब्सन मेचीनगर अध्यक्ष भगीरथ राई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका कक्षा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो भने विद्यालयको आन्तरिक तथा बाह्य खेलकुदमा भाग लिएर उत्कृष्ट प्रदशन गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमकै अवसरमा संगीतको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कक्षा ६ का विद्यार्थी दिक्षन तामाङलाई गीतार दिएर प्रोत्साहित तथा पुरस्कृत गरेको छ । ।
विद्यालयकी संथापक अध्यक्ष विनिता बराइलीले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक अनिल लोहारले गरेका थिए । सांगितिक तथा विविध कार्यक्रमको सञ्चालन कक्षा– १० का विद्यार्थी द्धय बसन्त राई र श्रृनिका बानियाँले गरेका थिए ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...