नकलबन्दा विलिभर्ष स्कुलको १७ औं वार्षिक उत्सव सम्पन्न
मेचीनगर । नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलको १७ औं वार्षिक उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–८ स्थित विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
नकलबन्दा विलिभर्ष इङ्लिस स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ खडियाको सभापतित्व तथा विलिभर्ष इष्टर्न चर्च जिल्ला परिषद झापा संयोजक तथा येरुशलेम विलिभर्ष इष्टर्न चर्चका फादर रेभ जगतबहादुर वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गंगा मेमोरियल इङ्लिस स्कुलका प्रिन्सिपल केशरप्रसाद तिम्सिना, विद्यालयका पूर्व प्रिन्सिपल प्रतिक उराँव, फादर बालकृष्ण मैनाली, कृष्ण राईलगायतले बोलेका थिए ।
कार्यक्रममा अभिभावकहरुलाई समेत खेल खेलाइएको थियो । पुरुष अभिभावकहरुतर्फ किशोर उपरकोटी प्रथम भएका थिए भने महिलातर्फ चन्द्रा बस्नेत प्रथम भएकी थिइन् । बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साकेला, किसान नृत्य प्रस्तुत गर्नुका साथै कक्षा ८ का विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।
विद्यालयकी शिक्षिका चम्पा तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षकद्वय सन्देश राई र सकुन लिम्बुले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
