काँकडभिट्टा क्याम्पसमा स्ववियु कार्यक्रम स्थगित

काँकडभिट्टा । काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचन सम्बन्धि आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकडभिट्टा क्याम्पसले आचारसंहिता बिपरित जबर्जस्ती भर्ना कार्यक्रम गरिरहेकाले विवाद उत्पन्न भएको हो ।
आचारसंहिता लागु भएपछि पनि विद्यार्थी भर्नाको काम नरोकेकाले क्याम्पसमा विवाद उत्पादन्न भएको हो ।
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले आचारसंहिता लागु भएपछि क्याम्पसले विद्यार्थी भर्ना गरेकोमा बिरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मलाई निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ ।
अनेरास्ववियु जिल्ला कार्यालय कमिटी सदस्य सन्तोष धमलाले क्याम्पसले विद्यार्थीका विरुद्ध गुन्डागर्दी गरेको बताएका छन् । उनी भन्छन् – क्याम्पसले लामो समयपछि हुन लागेको स्ववियु चुनाव रोक्ने रणनीतिका साथ आचारसंहिता लागु भएपछि पनि विद्यार्थी भर्ना गरेको छ ।
त्यसै गरि अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सन्देश पौडेलले आज आचारसंहिता लागु भएपछि गरिएको विद्यार्थी भर्ना रद्द गर्नुपर्ने माग राखेको छ । उनी भन्छन् – आचारसंहिता लागु हुनपुर्व पाँच सय विद्यार्थीले मात्र मत हाल्न पाउँछन् आज भर्ना भएका विद्यार्थीहरुले मत हाल्न पाउँदैनन् ।, उनी थप्छन् – आचारसंहिता लागु भएपछि गरिएका विद्यार्थीहरुले पढ्न पाउँछन् तर स्ववियुमा मत हाल्न पाउँदैनन् ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...