मेचीनगर–७ : इटाभट्टामा थप सीसी क्यामेरा जडान गरिने
इटाभट्टा । मेचीनगर–७ डटाभट्टा बजार क्षेत्रमा थप सीसी क्यामेरा जडान गरिने भएको छ । मेचीनगर–७ मा चोरी घटना बढ्न थालेपछि सीसी क्यामेरा जडानमा वडा कार्यालयले चासो दिएको हो ।
इटाभट्टा बजार क्षेत्रका थप केही स्थानमा सीसी क्यामेरा जडान गर्न बजेटको व्यवस्थापनमा लागेको मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणी ओलीले बताए । बडालाई तीन क्षेत्रमा बिभाजन गरि शान्ति सुरक्षाको योजना बनाइने उनले बताए । प्यारिभिट्टामा प्रहरी बिट राख्ने कार्य भइरहेको पनि उनले बताए । नागरिकलाई शान्ति सुरक्षको प्रत्याभुतिका लागि आफु चिन्तित रहेको उनले बताएका छन् ।

बिहीवार वडा कार्यालयमा आयोजित शान्ति सुरक्षाका बिषयमा आयोजन गरिएको छलफल कार्यक्रमा इलाका प्रहरी कार्यलयका प्रमुख दिपक भारती, बिओपी सतिघट्टका प्रमुख ज्ञानेन्द्र राउत, इटभट्टा प्रहरी बिटका प्रमुख रुपेन राजभर, सतिघट्ट प्रहरी चौकीका प्रमुख पुष्प पोखरेल, राजनैतिक दलका प्रमुखको उपस्थिती रहेको थियो ।
छलफलमा प्रहरी प्रशासन, राजनैतिक दल, स्थानिय सरकार स्थानिय जनताताबिच आपसी समन्वय भएमा आपाराधिक घटना न्युनिकरण हुने धारण व्ष्क्त गरिएको थियो ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

