बाँसबारी वनमा एमाले एक्लै चुनावी मैदानमा
मेचीनगर । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको यही फागुन २० गते शनिबार निर्वाचन हुदैछ ।
नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको हो ।
वन समूहको १२ सदस्यीय पदमा निर्वाचन हुँदैछ । एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूह र काँग्रेस निकट लोकतान्त्रिक समूह चुनावमा होमिएको छ । एमालेबाट अम्बिका मैनाली प्रसाईं अध्यक्ष पदमा उठेकी छिन् भने काँग्रेस समूहबाट भक्त तामाङलाई अगाडि सारिएको छ ।
बुधबार मेचीनगर–११ मा एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूहको उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । उक्त समूहबाट उपाध्यक्ष पदमा यशोदा डाँगी, सचिव पदमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्ष पदमा सुनिल राजवंशी र सहसचिव पदमा नरेन्द्र राईको उम्मेदवारी रहेको छ ।
यस्तै, सदस्य पदमा सुर्जन कवर, झुमा भेटवाल, दिना बराइली, सागर अधिकारी, विष्णुबहादुर पन्त र विमला चापागाईंको उम्मेदवारी परेको छ । सदस्य पदमा गीता कवर भने निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
उम्मेदवार परिचय कार्यक्रममा एमाले नेता तथा बाग्मती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसार्इं, वन समूहका पूर्व अध्यक्ष शम्भू रावजंशी, परिमल ग्वाल, एमाले मेचीनगर–११ का वडा कमिटी अध्यक्ष सागर ओली, इन्चार्ज सन्तोष कुमार मेचे लगायतले बधाईं तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बाँसवारी वन समूहले सञ्चालन गरेको पर्यटकीय क्षेत्रको विकास र संरक्षणको मुद्दा बनाएर बामपन्थी समूह उपभोक्ताको घरदैलोमा मत मागिरहेको छ । उक्त वन समूहमा ४८२ उपभोक्ता घरधुरी रहेका छन् । एक उपभोक्ता घरधुरीबाट दुईजनाले मतदान गर्न पाउने छन् ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
