प्रगति सामुदायिक वनको अध्यक्षमा निरौला विजयी
चारआली । प्रगति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दिपेन्द्र निरौला (विकास) निर्वाचित भएका छन् ।
मेचीनगर–१२, १३ तथा अर्जुनधारा–१० र ११ वडामा रहेको सो वनको आज सम्पन्न निर्वाचनबाट सिंह चिन्हका निरौला अध्यक्षमा ५३५ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रस्तिस्पर्धी घोडा चिन्हकी लीला सुब्बा राजवंशीले ३९७ मत मात्र प्राप्त गरेकाे निर्वाचन समिति सदस्य हरि घिमिरेले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षमा परेवा चिन्हका धनबहादुर विक (रक) ५४० मत ल्याएर विजयी भएका छन्। उनका प्रस्तिस्पर्धी हाँस चिन्हका बुद्विमान लिम्बुले ३८७ मत मात्र प्राप्त गरेको घिमिरेले जानकारी दिए ।
समूहको १६ जना कार्यसमितिमा यसअघि सचिव, सहसचिव, कोषाध्यक्ष र ८ वटा ब्लकबाट ८ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
जसको सचिवमा धनकुमारी तामाङ राई, सहसचिवमा विमला मैनाली र कोषाध्यक्षमा निरलक्ष्मी सुब्बा तथा सदस्यहरुमा बालकुमारी रिजाल, देवीप्रसाद अधिकारी, दाल्मु शेर्पा, पुष्पबहादुर वस्नेत, कृष्णमाया मगर, मनिता सुब्बा, लोकमान लिम्बु, पूर्णबहादुर राई, कुशी धिमाल, लीला सुब्बा राजवंशी, बुद्विमान लिम्बु छन् ।

निर्वाचित १६ जना कार्यसमितिबाटै सचिव, सहसचिव, कोषाध्यक्ष, ८ जना सदस्य निर्विरोध चुनिएका थिए भने र अध्यक्ष र उपाध्यक्ष मात्र चुनाव भएको निर्वाचन समितिले जनाएको छ ।
१ हजार २६० उपभोक्ता रहेको वनमा १ हजार ४ जनाले मात्र मतदान गरेका थिए । त्यसमा ४० मत वदर भएको निर्वाचन समितिले जनाएकाे छ ।
आज विहान ९ वजेदेखि सुरु भएको मतदान दिउँसो ४ वजे सम्पन्न भएको थियो । ५ वजेदेखि मतगणना भएको थियो । राति ९ वजेर ३० मिनेटमा मतगणना सकिएको थियो ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
