मेचीनगर-४ : ग्रामीण उद्यम सेवा कार्यशाला गोष्ठी
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/02/received_3540511156189186.jpeg)
मेचीनगर । मेचीनगर–४ का स्थानीय महिलाहरु बिहीबार नयाँ उत्साहका साथ वडा कार्यालयमा आयोजित एउटा अन्तरक्रियामा सहभागी बने । उनीहरुलाई काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले व्यापार व्यवसायमा प्रवद्र्धन गर्न अपनाउनु पर्ने विविध विषयमा प्रशिक्षणात्मक अन्तरक्रिया गरेका थिए ।
ग्रामीण उद्यमलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा उनीहरुले सहभागी महिलाहरुलाई समूह बनाएर सहजीकरण गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन विभिन्न प्रयोगात्मक विधि अपनाइएको थियो । सो अवसरमा वडाध्यक्ष अर्जुनकुमार कार्कीले आफ्नो पेशा र व्यवसायलाई व्यवस्थित गर्न अन्तरक्रियाले सहयोग पुग्ने भन्दै सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गरे ।
अन्तरक्रियामा अंकित सुवेदी, श्रृजना भूषाल, सवल श्रेष्ठ, सरस्वती कार्की र निकिता लुइँटेलले सहजीकरण गरेका थिए । एक सातादेखि बाहुनडाँगी आएका उनीहरुले विषेशगरी होमस्टेलाई व्यवसायीकरण गर्न अपनाउनुपर्ने विधिका बारेका स्थलगत अध्ययन तथा होमस्टे सञ्चालन गर्ने महिलाहरुलाई प्रशिक्षित गर्दै आएका थिए ।
कार्यक्रममा पढेको विषयलाई व्यवस्थित र वैज्ञानिक ढंगबाट व्यवहारमा कसरी उतार्ने भ न्ने विषयमा सहभागीहरुलाई बुझाइएको थियो । उनीहरुले लेखा राख्ने र कुशल मार्केटिङ विधिका बारेका जानकारी गराएका थिए । कार्यक्रममा वडाका ४५ भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/kb-100x100.jpg)
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/473107546_9373225672711495_8999532007380128070_n-100x100.jpg)
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/c8d40dd5-2f09-4217-b6c1-96a14e797ed7-1536x864-1-100x100.jpg)
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/2eb60aa4-a9b2-4286-8235-f5405a6c195e-100x100.jpg)
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/aa598e4e-0dda-4db3-bfa9-ad2e3e737d0b-100x100.jpg)
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
![](https://khabarmanchonline.com/wp-content/uploads/2025/01/1545642995chandragadhi-airport-100x100.jpeg)
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...