रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान
झापा । रमेश प्रसाईंलाई गृहजिल्ला झापामा सम्मान गरिएको छ । बिहिवार झापाको मेचीनगर-१३ स्थित चारआलीमा रहेको आइतमाया थेवे स्मृति प्रतिष्ठानले प्रतिभा सम्मान कार्यक्रमका बिच प्रसाईंलाई नगदसहित सम्मान गरेको हो ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानको १२औं वार्षिक कार्यक्रम अन्तर्गत प्रसाईंलाई नगद २५ हजार १२५ रूपैयाँ नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
प्रत्येक बर्ष फागुन ११ गते प्रतिभा सम्मान कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानले यसअघि विभिन्न विधाका १६ जना प्रतिभालाई सम्मान गरिसकेको छ । सम्मानित हुनेहरूमा वर्तमान उपसभामुख इन्दिरा रानामगरदेखि नेपाली राष्ट्रिय क्रिकेट महिला टिमकी क्याप्टेन रूविना क्षेत्री, विश्व साइकल यात्री पुष्कर शाहलगायत रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सम्मान कार्यक्रममा नगर प्रमुख बुढाथोकी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवम् अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, जेष्ठ आमाहरूबाट गणेश कुमारी न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष बिरू बेघा, नेपाली काँग्रेसका नेता सन्तोस न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
आइतमाया थेवे स्मृति प्रतिष्ठानका अध्यक्ष लालबहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव विश्व थापाले गरेका थिए ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
