दोकानडाँडा स्कूलका विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा


मेचीनगर । मेचीनगर–३ मा सञ्चालित दोकानडाँडा इङ्लिस बोर्डिङ स्कूलको १५ औँ वार्षिकोत्सव सोमबार भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीले आफ्नो लोभलाग्दो प्रतिभा देखाएर उत्सव मनाएका हुन् । साना कक्षाका विद्यार्थीले सामूहिक गीत तथा ठूला कक्षाका विद्यार्थीको धमेदार प्रस्तुतीले उपस्थिति सबैको ध्यान आकर्षण गराएको हो ।
विद्यालयका प्रिन्सिपल नेत्रप्रसाद खतिवडाको अध्यक्षता तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेलले निजी विद्यालयले शैक्षिक विकासमा ठूलो योदान पुर्याएको बताइन् । उनले विद्यार्थीको पढाइलाई फराकिलो बनाउँदै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह पनि गरिन् ।
कार्यक्रममा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, अभिभावक हिमाल ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई विद्यार्थी स्वीकृति रिजाल, श्रेया तामाङ र प्रतिक खतिवडाले स्वागत सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक योगेश भट्टराई र सुशान्त बाँस्कोटाले गरेका थिए ।
प्रिन्सिपल नेत्रप्रसाद खतिवडाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै ठाउँको विकास सँगसँगै शिक्षालाई समय अनुसार अगाडि बढाइएको बताए । उनले स्कूलले आधुनिक शिक्षा प्रणाली अंगीकार गरेको पनि जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । एल केजीका विद्यार्थीले स्वागत गीत गाएर सुरु गरिएको कार्यक्रममा मेचे नाच, लिम्बू नाच, लाखे नाच प्रस्तुत गरिएको थियो ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा राष्ट्रिय कलाकार श्रीकृष्ण लुँइटेल ‘बोकेदाह्री’ र उत्मजंग लिम्बूको धमेदार प्रस्तुति रहेको थियो । दोस्रो चरणको कार्यक्रमको सञ्चालन इशा कार्की, पुनम मेचे, सुहाब्नी गुरुङ र राशिका भण्डारीले गरेका थिए ।