‘प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९’ को उपाधि मेचीनगर ८ लाई


मेचीनगर । झापाको मेचीनगर ८ मा जारी ‘प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९’ को उपाधि मेचीनगर ८ क्रिकेट टिमले जितेको छ ।

मेचीनगर-८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा समिर क्रिकेट क्लबलाई ७ विकेटले हराउदै मेचीनगर ८ ‘प्रथम टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०७९’ को च्याम्पियन बनेको हो ।

पहिले व्याटिङ्गको निम्तो पाएको समिर क्रिकेट क्लबले ९ विकेटको क्षतिमा १७५ रन जोडेको थियो । उपाधिका लागि १७६ रनको तार्केट पाएको मेचीनगर ८ ले ३ विकेटको क्षतिमा नै लक्ष्य प्राप्त गर्न सफल भयो ।

मेचीनगर नगरपालिका वडा नम्बर ८ र रोट्र्याक क्लब अफ मेचीनगरको संयुक्त आयोजना रहेको प्रतियोगितामा च्याम्पियन बनेको मेचीनगर ८ क्रिकेट टिमले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको समिर क्रिकेट क्लबले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खेलमा उत्कृष्ट प्रदर्शनी गरेका विजेता टिमका राहुल राय खेलको म्यान अफ द म्याच घोषित भए । त्यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज मेचीनगर ८ कै जनक बर्मा घोषित भए । बेष्ट ब्याट्समेन समिर क्रिकेट टिमका सुरज न्यौपाने, बेष्ट बलर समिर क्रिकेटबाट नै नोरी निसार घोषित भए । त्यस्तै टुर्नामेन्ट अफ द कोच समिर क्रिकेट क्लबबाट नै सुमन मगर घोषित भए ।

उनीहरुसंगै प्रतियोगिताको विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मनिा पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, पूर्व वडाध्यक्ष विकेन्द्र धिमाल, मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास संयोजक चित्र धिमाल, कार्यपालिका सदस्य कविता मिजार, मेचीनगर ८ का वडासदस्य कुन्दन निरौला, बिष्णु भट्टराई, मनकुमारी गिरी, समाजसेवी रुपसागर अधिकारी र सरोज मेहरालगायका अतिथिहरुले गरेका थिए ।