मेयर उपमेयरले गरे डीएसपीको स्वागत र विदाई
मेचीनगर । मेचीनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका निवर्तमान प्रमुखलाई बिदाई तथा नयाँ प्रमुखलाई स्वागत गरेको छ ।
नगरपालिकाले शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा एक कार्यक्रममार्फत विगत एक बर्ष अघिदेखि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर हालै जनकपुर सरूवा भएका डिएसपी ज्ञानकुमार महतोलाई मायाको चिनो दिई बिदाई गरिएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हाल्न मेचीनगर आएका डिएसपी दिपक भारतीलाई स्वागत गरेको छ ।
स्वागत तथा बिदाई कार्यक्रममा मेचीनगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर-७ का वडाध्यक्ष प्रल्हाद मणि ओली, मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, कार्यपालिका सदस्यद्वय हृदय राजवंशी र चित्र धिमाललगायतको उपस्थिति रहेको थियो ।
पूर्वमै पहिलोपटक धुलाबारीमा ‘कफी बनाउने’ प्रतिस्पर्धा
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
ल्होत्से इङ्लिस स्कूल : विज्ञान तथा कला प्रदर्शनी
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी जेसिज अध्यक्षमा ढकाल, महासचिवमा पौडेल
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
लायन्स क्लब अफ धाइजनले एक विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


