मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल : पत्रकारको टोली बिजयी
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ ।
वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको तर्फबाट बिश्वास दाहाल र गोविन्द घिमिरेले एक एक गोल गरेका थिए भने, जनप्रतिनिधिको टिमबाट बिशाल कार्कीले गोल गरेका थिए ।
पत्रकार र जनप्रतिनिधिहरु बिच मैत्रीभाव कायम राख्ने उद्देश्यले खेलको आयोजना गरिएको वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले बताए । उक्त खेल सकिएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर उपप्रमुख मिना उप्रेतीद्वारा पत्रकार टोलीका कप्तान डम्बर बराल र जनप्रतिनिधि टोलीका कप्तान मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ्गलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
