मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल : पत्रकारको टोली बिजयी

मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकारको टोलीले जित हात पारेको छ ।
वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा पत्रकार टिम बिजयी भएका छन् ।कवि शिरोमणी माविको खेल मैदानमा भएको सो मैत्रीपुर्ण खेलमा पत्रकारको टोलीले जनप्रतिनिधिहरुलाई २-१ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । पत्रकारको तर्फबाट बिश्वास दाहाल र गोविन्द घिमिरेले एक एक गोल गरेका थिए भने, जनप्रतिनिधिको टिमबाट बिशाल कार्कीले गोल गरेका थिए ।
पत्रकार र जनप्रतिनिधिहरु बिच मैत्रीभाव कायम राख्ने उद्देश्यले खेलको आयोजना गरिएको वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले बताए । उक्त खेल सकिएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर उपप्रमुख मिना उप्रेतीद्वारा पत्रकार टोलीका कप्तान डम्बर बराल र जनप्रतिनिधि टोलीका कप्तान मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ्गलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...