नेपालमा आधुनिक ३९ वटा सबस्टेशन निर्माण हुने
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गर्न लागेको मल्टी मिलियन डलर प्रोजेक्ट जीई रिन्यूएबल एनर्जी ग्रिड सोलुसन बिज़नेसलाई प्रदान गरिएको छ ।
एडिबीले लगानी गरेको उक्त प्रोजेक्टले नेपालमा चालु र निकट भविष्यमा आइपर्ने विद्युतको मागअनुसार विद्युत् आपूर्ति गर्नको लागि ३९ वटा सवस्टेशन र छ वटा मास्टर कन्ट्रोल सेन्टर निर्माण गर्नेछ ।
नेपालमा उत्पादन भएको विद्युत् लोड सेन्टरसम्म सहज र निर्बाध रूपमा पुर्याउन को लागि प्रसारण प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । सन् २०१६ मा, नेपाल सरकारले आगामी १० वर्षमा थप दश हजार मेगावाट उत्पादन क्षमता जडान गर्ने र बढी भएको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्ने योजना अघि सारेको थियो।
यो प्रोजेक्टले पुराना सबस्टेशनको मर्मत सम्भारका गर्नुका साथै अब बन्ने नयाँ सबस्टेशन स्वचालित बनाउनेछ ।रियल टायम मनिटरिङ सुविधासहितको ती सवस्टेशनलाई लोड डिस्प्याच सेन्टरसँग जोडिने बताइएको छ ।
‘नेपालमा विद्युत् आपूर्तिको लागि पूर्वाधार तयार गर्नको लागि यो प्रोजेक्ट कोसेढुंगा साबित हुनेछ ।’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, उनले थपे, ‘यी सबस्टेशनहरूको आधुनिकीकरणले भविष्यका विद्युत् मागहरू पूरा गर्न, विद्युत् आपूर्ति सरल बनाउन, गुणस्तर सुधार गर्न र घाटा कम गर्नुको साथै नेपालको विद्युत् प्रसारण सञ्जाललाई बलियो बनाउन मद्दत गर्नेछ।’
त्यस्तै जीई ग्रिड सोलुसनका जोहान बिन्डेल भन्छन्, ‘ यी सबस्टेशनको आधुनिकीकरणले नेपालमा विद्युत् प्रसारणको गुणस्तरमा उल्लेख्य सुधार ल्याउनेछ ।’
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...


