रोटरी क्लब अफ मेचीनगर : अन्तर मावि छात्र भलिबल प्रतियोगिता सुरू
मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवशीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू-२०) बुधबारदेखि सुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले गरेका थिए ।
मेचीनगर- १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयका विद्यार्थीहरूको टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा हिमायन इङ्गलिस एकाडेमी, फाइभस्टार इङलिस बोर्डिङ स्कुल, युनिक इङलिस बोर्डिङ स्कुल, होलिबेल इङलिस बोर्डिङ स्कुल, दुर्गा इङलिस बोर्डिङ स्कुल, सुर्योदय इङलिस बोर्डिङ स्कुल, काँकरभिट्टा मावि, थेसिस इङलिस बोर्डिङ स्कुल, सिताराम सामुदायिक विद्यालय, पशुपति इङलिस बोर्डिङ स्कुल, सनसाइन इङलिस बोर्डिङ स्कुल र धुलाबारी मावि रहेका छन् ।
रोटरी क्लब अफ मेचिनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको दुई दिवशीय छात्र भलिबल प्रतियोगिताको उद्घाटन शत्रमा हिमालयन इङलिस एकाडेमिका प्रिन्सिपल जगत बहादुर तामाङ्गलगायतको आतिथ्य रहेको थियो ।
हिमायन इङ्गलिस एकाडेमी, मेचीनगर-१० को प्रायोजक रहेको प्रतियोगिता बिहिवार (भोलि) समापन हुने आयोजक समितिका सदस्य आयुसमान निरौलाले जानकारी दिए ।
कार्यक्रम संयोजक योगेन्द्र प्रसाद आचार्यले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कृष्ण काफ्लेले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
