मेचीनगर-९ : माघ २७ बाट ‘प्रथम वडा अध्यक्ष कप’
मेचीनगर । झापाको मेचीनगर वडा नं ९ मा प्रथम वडा अध्यक्ष कप अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
मेचीनगर वडा नं ९ खेलकुद विकास समितिको आयोजनामा माघ २७ गतेदेखि कविशिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो । समितिले शुक्रवार प्रतियोगिता तयारी बारे छलफल गरेको छ ।
मेचीनगर वडा नं ९, खेलकुद विकास समितिका अध्यक्ष तथा वडा सदस्य राजन खड्काले प्रतियोगितालाई साझा बनाएर खेल क्षेत्रको विकास गर्न लागिएको बताए । उनले युवाहरुलाई खेल क्षेत्रको सम्भावना र अवसरका रुपमा प्रयोग गराउन प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगितामा ९ वटा टोल क्षेत्रको टिमले भाग लिनेछन् । हरेक टोलबाट खेलाडी अपुग हुने भएकाले टोल समायोजन गरेर टीम तयार गरिएको समितिका सचिव राजु धिमालले बताए ।
प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र टिमबीच प्रतिस्पर्धा हुनेछ ।
फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम र दोस्रो हुने टिमले ट्रफी, मेडल तथा प्रमाण पत्र पाउने छन् । विजेता तथा उपविजेता टिमले पाउने पुरस्कार राशीका विषयमा भने छलफल भइरहेको आयोजक समितिले जनाएको छ ।
मेचीनगर वडा नं. ९ मा राष्ट्रिय स्तरका खेलाडी छन् । पुजन उपरकोटी, दिनेश मगर लगायतका चर्चित खेलाडीको वडा पनि हो । वडामा खेल क्षेत्र सुस्ताउँदै गएको बेला हुन लागेको यो प्रतियोगिताले उत्साह थप्ने देखिन्छ ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
