बाल सुबोधनीको बार्षिकोत्सवमा विविध कार्यक्रम
मेचीनगर । झापाको बाल सुबोधिनी माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवका विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । मेचीनगर -१४ मा रहेको बिद्यालयले आइतबार विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले बिद्यालयको संरचनात्मक र गुणस्तरीय बिकासका लागि आफ्नो तर्फबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बिशिष्ठ आतिथ्यको रुपमा प्रदेश सांसद सविना बजगाँई, मेचीनगर उपप्रमुख मिना पोखरेल र मेचीनगर- १४ का वडा अध्यक्ष बाबुलाल सुब्बाले नमूना बिद्यालयको रुपमा चिनाउन आवश्यक पहल गर्न लागिपर्ने बताएका बताएका थिए । बार्षिकोत्सवमा मेचीनगर नगरपालिकाका शिक्षा शाखाका लक्ष्मी दाहाल, मेचीनगर-१४ का वडा सदस्य लालमहम्त मिया, वडा सदस्य दिपक सुवेदी, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल, शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, महासंघ मेचीनगरका अध्यक्ष एवम सहिद दशरथ चन्द माबिका प्रधानध्यापक लेखनाथ पौडेल, स्थानीय राजनीतिक दलका प्रमुखहरु, संघ सस्थाका प्रतिनिधिहरु, अक्षयकोष दाता, बिद्यालयका शिक्षकलगायतको आतिथ्यता रहेको थियो ।

बिद्यालयले विभिन्न बिधामा सम्मान गरेको छ । सम्मानित हुनेहरूमा हरिप्रसाद, लोकमाया, भगिरथा स्मृति अक्षयकोसका सस्थापकहरु भोला सुवेदी, चुडामणी सुवेदी, कृष्ण सुबेदी, बर्ष उत्कृष्ट शिक्षकहरु देविभक्त तिम्सिना, अनिता भट्टराई , पुस्पा खतिवडा, बर्ष उत्कृष्ट कर्मचारी भवानी गुरागाँइ, एसइइ परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थिहरु निरुता राजबंसी, श्रेया काफ्ले, सोनिया दाहालसहित उत्कृष्ट अभिभावकसमेत सम्मानित भएको बिद्यालयका प्रधानाध्यापक बिश्व थापाले जानकारी दिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुनिलाल राजवंशीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा स्वागत बिद्यालयल व्यवस्थापन समितिका सदस्य लोकेश्वर चौधरीले गरेको कार्यक्रममा सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।

मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
