बाल सुबोधनीकाे अध्यक्षमा मुनिलाल राजबंशी
मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मुनिलाल राजबंशी चयन भएका छन् ।
बिद्यालयमा आयोजित भेलाले राजबंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजबंशी माओवादी केन्द्र मेचीनगर-१४ का अध्यक्षसमेत हुन् ।
सचिवमा विस्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजबंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, मित्रलाल काफ्ले, फुलकुमारी राजबंशी चयन भएका छन् । अधिकांश आदिवासी बिद्यार्थीको पठनपाठन हुदै आएको छ ।

‘यो वडा आदिवासीको बाहुल्य भएको वडा हो । आदिवासी प्रायः बिपन्न नै छन्’, अध्यक्ष राजबंशीले भने, ‘अन्य बिपन्न वा सम्पन्न सबैका लागि यहाँ कक्षा १० सम्म मात्रै अध्यापन गराउदै आएको छ । कक्षा ११ र १२ पढ्न विद्यार्थी अर्कै बिद्यालय जानुपर्ने बाद्यता छ । अब बिद्यालयको चौतर्फी बिकास गर्दै कक्षा ११ र १२ को पठनपाठन पनि यहीँ गराउने बिषयमा लागि पर्नेछु ।’
विद्यार्थीको गुणस्तरीय पठनपाठन, टाढाबाट आउने विद्यार्थीलाई स्कुल बसको ब्यवस्थापनलगायत आन्तरिक ब्यवस्थापनमा आफु लागिपर्ने अध्यक्ष राजबंशीको भनाई छ । कोरोनाका कारण बार्सिक उत्सव हुन नसकेकाले आगामी माघ १५ गते बार्षिक उत्सबको तयारी गर्नेसमेत जानकारी दिए ।
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
