बाल सुबोधनीकाे अध्यक्षमा मुनिलाल राजबंशी

मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मुनिलाल राजबंशी चयन भएका छन् ।
बिद्यालयमा आयोजित भेलाले राजबंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजबंशी माओवादी केन्द्र मेचीनगर-१४ का अध्यक्षसमेत हुन् ।
सचिवमा विस्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजबंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, मित्रलाल काफ्ले, फुलकुमारी राजबंशी चयन भएका छन् । अधिकांश आदिवासी बिद्यार्थीको पठनपाठन हुदै आएको छ ।
‘यो वडा आदिवासीको बाहुल्य भएको वडा हो । आदिवासी प्रायः बिपन्न नै छन्’, अध्यक्ष राजबंशीले भने, ‘अन्य बिपन्न वा सम्पन्न सबैका लागि यहाँ कक्षा १० सम्म मात्रै अध्यापन गराउदै आएको छ । कक्षा ११ र १२ पढ्न विद्यार्थी अर्कै बिद्यालय जानुपर्ने बाद्यता छ । अब बिद्यालयको चौतर्फी बिकास गर्दै कक्षा ११ र १२ को पठनपाठन पनि यहीँ गराउने बिषयमा लागि पर्नेछु ।’
विद्यार्थीको गुणस्तरीय पठनपाठन, टाढाबाट आउने विद्यार्थीलाई स्कुल बसको ब्यवस्थापनलगायत आन्तरिक ब्यवस्थापनमा आफु लागिपर्ने अध्यक्ष राजबंशीको भनाई छ । कोरोनाका कारण बार्सिक उत्सव हुन नसकेकाले आगामी माघ १५ गते बार्षिक उत्सबको तयारी गर्नेसमेत जानकारी दिए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको युवा परिसद अध्यक्षमा कृष्ण...

मेचीनगर । बाहुण्डाँगीमा कवि नवराज पराजुलीको एकल कविता...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले राजस्व परामर्श सम्बन्धि...

मेचीनगर । मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि पाउने भएका...

मेचीनगर । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक...

मेचीनगर । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल...

बुद्धशान्ति । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक...