मेचीनगर-८ मा जेष्ठ नागरिक भवन बन्ने

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिक भवन बन्ने भएको छ । उक्त भवनको शिलन्यास शुक्रबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।
स्थानीय समाजसेवी डिगबहादुर घिमिरेले निःशुल्क प्रदान गरेको १२ धुर जग्गामा नगरपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिक भवन बन्ने भएको छ । भवन निर्माण सम्पन्न भए पश्चात वडाका जेष्ठ नागरिकहरुले आफ्नो उमेर समुहका एकै ठाउँमा भेल भएर आराम गर्दै भलाकुसारी गर्न सक्ने छन् ।
शिलन्यास कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख मिना पख्रेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, कार्यपालिका सदस्य तथा पुर्बाधार विकास संयोजक चित्र कुमार धिमाललगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...