नेविसंघ झापामा विवाद, निरौलालाई सभापती नमान्ने बुढाथोकी पक्षको भनाई

काँकडभिट्टा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापामा विवाद देखिएको छ ।
हालका सभापति भुवन बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै संजय निरौलालाई जिल्ला कार्यसमिति सभापति तोकिएको घटना प्रति विरोध जनाएका हुन् । बुढाथोकी पक्षले जारी गरेको विज्ञप्तीमा एकपक्षीय, सडयन्त्रपूर्ण ढंगले जिम्मेवारी तोकिएकाले उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ । बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफ्नो नेतृत्वमा यथावत रहेको निर्वाचित समिती नै वैधानिक रहेकाले भ्रममा नपर्न पनि अनुरोध गरिएको छ ।
जिल्लाका विद्यार्थीको भावना बिपरित गरिएको निर्णय कुनै हालतमा स्वीकार नगर्ने र केन्द्रको मनोमानी विरुद्ध संगठित भएर बिद्रोह गर्ने जिल्ला प्रवक्ता लोकेन्द्र थपलियाले चेतावनी दिए । गत ३ गते जिल्लाको नेतृत्व चयन गर्दै केन्द्रले पत्र पठाएको थियो ।
सभापतिकोको पत्र बोकि आजै निरौला झापा आईपुगेका छन् ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...