नेविसंघ झापामा विवाद, निरौलालाई सभापती नमान्ने बुढाथोकी पक्षको भनाई
काँकडभिट्टा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापामा विवाद देखिएको छ ।
हालका सभापति भुवन बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै संजय निरौलालाई जिल्ला कार्यसमिति सभापति तोकिएको घटना प्रति विरोध जनाएका हुन् । बुढाथोकी पक्षले जारी गरेको विज्ञप्तीमा एकपक्षीय, सडयन्त्रपूर्ण ढंगले जिम्मेवारी तोकिएकाले उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ । बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफ्नो नेतृत्वमा यथावत रहेको निर्वाचित समिती नै वैधानिक रहेकाले भ्रममा नपर्न पनि अनुरोध गरिएको छ ।
जिल्लाका विद्यार्थीको भावना बिपरित गरिएको निर्णय कुनै हालतमा स्वीकार नगर्ने र केन्द्रको मनोमानी विरुद्ध संगठित भएर बिद्रोह गर्ने जिल्ला प्रवक्ता लोकेन्द्र थपलियाले चेतावनी दिए । गत ३ गते जिल्लाको नेतृत्व चयन गर्दै केन्द्रले पत्र पठाएको थियो ।
सभापतिकोको पत्र बोकि आजै निरौला झापा आईपुगेका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...