मेचीनगर नगरपालिका : निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराए
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचिनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा न ११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् ।
एकीकृत स्वास्थ्य शिविर (महिलाको पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, प्रशव फिस्टुला तथा क्षयरोगको स्कृनिङ लगायत जनरल चेकअप) मा नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसंगै भद्रपुरबाट महिला बिशेषज्ञ डा। एलिजा गौतमले सेवा प्रदान गरेकी थिइन् । ९० जनामध्ये ३२ जनाले पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गराएका स्वास्थ्य चौकी प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य शिविरमा मेचीनगर ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचिनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, जनस्वास्थ्य निरिक्षक पुजन अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
