‘हात्ती आतङ्क न्यूनिकरणको दिर्घाकालिन समाधानका लागि सहकार्य आवश्यक’
मेचीनगर । नेपाल सरकारको एक टोली हात्ती आतङ्क प्रभावित क्षेत्रको अध्ययानमा निस्किएको छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयको टोली अध्ययान अनुसन्धानका लागि मेचीनगर आइपुगेको हो ।
बिहीबार मेचीनगर नगर प्रमुखको सभाहलमा हात्ती आतङ्क प्रभावित बासिन्दाको छलफलमा बाहुनडाँगी, मागुरमाडी, थोप्लेविराम क्षेत्र, दुवागढी, धाइजनलगयाग मेचीनगर हात्ती आतङ्कबाट अत्यन्त प्रभावित क्षेत्रमा पर्ने भएकाले दिगो समाधानका बिषयमा सवै एक जुट भएर लागुपर्नेमा जोड दिइएको थियो ।

छलफलमा नगर प्रमुख गोपालचन्द्र वुढाथोकीले भारतबाट आउने हात्ती नाकामै छेकेर जनताको जिउधनको सुरक्षा गर्नु नगरको प्रमुख दाहित्व रहेको बताए । ‘हात्ती आतङ्कबाट कुनै पनि नागरिक प्रभावित हुन नदिन हामीले दिर्घाकालिन उपाय अपनाउनुपर्छ’ । नगर प्रमुख वुढाथोकीले भने–‘ केन्द्र प्रदेश र स्थानिय सरकारको बिचको सहकार्यले मात्र हात्ती आतङ्क न्यूनिकरणको दिर्घाकालिन समाधान निकाल्न सकिन्छ ।’
हात्तीकाे लागि पनि उचित आहाराको व्यवस्थापन, बन निति, सहत क्षेतिपुर्तीको व्यवस्थालगायतका बिषयमा संघ र स्थानीय सरकार बिच अनिवार्य सहकार्य आवश्यक रहेको उनले बताए ।
छलफल कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती, बन मन्त्रालय भू–संरक्ष विभागका उपमहानिर्देशक नवराज पुडासैनी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की, डिभिजन वन कार्यलय झापाका निमित्त प्रमुख जिवन प्रसाद पाठक, मेचीनगर वडा नम्वर ४ का वडाध्यक्ष अर्जुन कार्की, मेचीनगर वडा नम्वर ९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र काकी, आरपीपी बाहुनडाँगीका संयोजक न्यूटन कार्की लगायतले धारण व्यक्त गरेका थिए ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
