अमेरिकाको टोलिले अध्ययन गर्यो बाहुनडाँगीको हात्ती समस्या

बाहुनडाँगी । फिस एन्ड वाइल्ड लाइफ सर्भिस ओरिकाको टोलीले मेचीनगर–४ स्थित बाहुण्डाँगी क्षेत्रमा रहेको हात्ती समस्याप्रति चासो देखाउँदै अध्ययन अवलोकन गरेको छ ।
अमेरिकाको उक्त टोलीलाई हात्तीले पारेको असरका बारेमा मेचीनगर– ४ का वडाध्यक्ष अर्जुन कुमार कार्कीले जानकारी दिएका थिए भने यसअघि हात्ती समस्या समाधानका लागि भएका पहल र गरिएका कार्यहरु बारे संविधान सभा सदस्य रविन कोइरालाले अवगत गराएका थिए ।
संविधानसभा सदस्य कोइरालाले अब हात्ती समस्याको समाधान गर्दा मानव र हात्ती दुबैको अस्तित्वको रक्षा गर्नुपर्ने बताएका छन् । समस्या समाधानका लागि भएका कामहरु बताउँदै उनी भन्छन् ‘भारतीय हात्तीलाई नेपाल छिर्न नदिन इलेक्ट्रिक फेन्सीङ तार जडान गरिएको छ । साथै बाँधको काम पनि भइरहेको छ । भारतीय हात्तीलाई सकेसम्म नेपाल छिर्न नदिने गरि हात्तीको बाटो अवरुद्ध गर्नु पर्ने अवस्था छ’, उनी भन्छन् ‘हात्तीले धेरै जनधनको क्षति गरेको छ । राज्यबाट त्यसको उचित क्षतिपूर्ति दिन सके पनि मानिसहरु हात्तीसँग भिड्न जानु हुन्नथ्यो होला र जनधनको क्षति चाहिँ कम हुने थियो ।’
अध्ययन अवलोकनका लागि फिस एन्ड वाइल्ड लाइफ सर्भिस अमेरिकाको प्रतिनिधित्व गर्दै कोरी बोर्न र लेसली क्याथरहुड आएका थिए । उनीहरुले बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्र, इलेक्ट्रिक फेन्सीङ, मेची बाँधको अध्ययन अवलोकन गर्दै हात्ती पीडित मानिसहरुसँग उनीहरुले भोगेको समस्याको बारेमा जानकारी लिएका छन् ।
हात्ती समस्याको अध्ययन अवलोकनमा संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर –४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेश थापा र स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । यो अध्ययन अवलोकन विशेष गरि हात्तीलाई पर्यापर्यटनसँग जोड्नका लागि भएको वडाध्यक्ष कार्कीले बताए ।

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा...

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...