नृत्य विधामा मेचीनगरका तीन विद्यालय जिल्ला प्रथम
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/01/jilla.jpg)
मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको हालै सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा मेचीनगरले नयाँ रेकर्ड बनाउन सफल भएको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/01/323951494_699683131807039_1478443869104539659_n.jpg)
हिमालयन इङ्लिस हाई स्कूल
झापा प्याब्सनको पुस २४ र २५ गते आयोजित जिल्लास्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा मेचीनगरका तीनवटा निजी विद्यालय नृत्य विधामा प्रथम भएका हुन् । मेचीनगरको झापा नेशनल स्कूल (कल्चरल डान्स), हिमालयन इङ्लिस हाई स्कूल मेचीनगर–९ (नेशनल डान्स) र मेचीनगर–१० को हिमालयन इङ्लिस एकाडेमी (मोर्डन डान्स) मा प्रथम भएको हो । प्रथम भएसँगै तीनवटै विद्यालयले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/01/320699594_862267318337417_484157300947612813_n.jpg)
झापा नेशनल स्कूल
पहिलो पटक मेचीनगरका निजी विद्यालयले एकैपटक तीनवटा उपाधि जितेको भन्दै प्याब्सन मेचीनगरले खुशी व्यक्त गरेको छ । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी विजेता बनेका स्कूलहरुलाई बधाई दिएको हो ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/01/325041347_711356900663342_3085459780848986886_n.jpg)
हिमालयन इङ्लिस हाई स्कूल
पत्रकार सम्मेलनमा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले सबै पक्षको सहयोगबाट ऐतिहासिक सफलता मिलेको बताए । “उपाधिले हामीमा थप हौसला प्रदान गरेको छ,” उनले भने, “यो सफलतालाई शैक्षिक क्षेत्रमा राम्रो उपलब्धीका रुपमा प्याब्सन मेचीनगरले लिएको छ ।”
प्याब्सन मेचीनगर सचिव नेत्र खतिवडाले सञ्चालन गरेको कार्यक्रममा निजी विद्यालयका संस्थापक सञ्चालक तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2023/01/321882145_565761818732298_3091572777278157238_n.jpg)
पत्रकार सम्मेलनमा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाललगायत
कार्यक्रममा कमल भेटवाल, पदम रुचाल, भोजराज कार्की, कमल नेपाल, धनराज थापा मगर, लगायतको आतिथ्यता रहेको थियो ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...