नेशनल नृत्यमा हिमालयन स्कुल जिल्ला प्रथम
मेचीनगर । झापाकाे मेचीनगर-९, धुलाबारीमा रहेकाे हिमालयन इङ्लिस हाई स्कुल जिल्लास्तरीय नेशनल नृत्य प्रतियोगितामा प्रथम भएको छ ।
प्याब्सन दिवसको अवसरमा भद्रपुरमा आयोजित प्रतियोगितामा हिमालयन प्रथम भएको स्कुलका निर्देशक धनराज थापाले जानकारी दिए ।
हिमालयन यसअघि मेचीनगरस्तरीय नृत्य प्रतियागितामा पनि प्रथम हुँदै जिल्लास्तरीय प्रतिस्पर्धाका लागि छनोट भएको थियाे ।
मेचीनगर–९ मा स्थापना भई त्यस क्षेत्रको शैक्षिक विकासमा निरन्तर लागिरहेको सो विद्यालय विगत २ वर्षदेखि नयाँ व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
अझ नयाँ जोश र जागरका साथ विद्यार्थीको सर्वाङ्गीण विकासमा लाग्दै आइरहेको हिमालयन अन्य अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहँदै आएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


