मेचीनगर : काममा असहयोग गरेपछि प्रमुख प्रशासकीय अधिकृत चम्लागाईको अख्तियारी स्थगन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईको अख्तियारी स्थगन गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गर्दै उनको अख्तियारी स्थगन गरेको हो ।
नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संसोधन सहित) को परिच्छेद १० दफा ७३९१० बमोजिम नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई बजेटको खर्च गर्न दिएको खर्च गर्ने अख्तियारी अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।
चार महिना अघि काठमाडौंबाट झापा आएका चम्लागाईले नगरपालिकाको काममा असहयोग गरेका कारण उनलाई फिर्ता पठाउने निर्णय गरेको बुझिएको छ । उनका कारण आम नगरबासीले दुख पाएको जनगुनासाहरु दिनप्रतिदिन बढ्न थालेसंगै नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई फिर्ता पठाउने निर्णय गरेको जनाएको छ ।
नगर सभाले स्वीकृत गरेको बार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यन्वयनका गर्ने सम्बन्धमा कार्यपालिकाले गरेको निर्णयहरु कार्यन्वयन गर्ने बिषयमा जटिलता सृर्जना गरी अवरोध गर्ने, निर्वाचित जनप्रतिनिधिहरुका निर्णय लत्याउने र गलत नियत राखी कार्यालय सञ्चालन गर्ने अभ्यासको थालनी, गर्दै कार्यापालिकाको निर्णय बमोजिम भुक्तानी नगर्ने, निर्णय गर्नुपर्ने बिषयमा लामो समयसम्म रोकेर आम नगरबासीमा बितृष्णा जगाउने विभिन्न खालका क्रियाकलाप गरेपछि नगर कार्यपालिका बाध्य भएर प्रमुख प्रशासकिय अधिकृत चम्लागाईको अख्तियारी स्थगन गर्दै काठमाडौं फिर्ता पठाउने निर्णय गरेको नगरप्रमुख बुढाथोकी बताउँछन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/०५/१६ को निर्णयबाट काजमा मेचीनगर नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृतका रुपमा मेचीनगर आएका चम्लागाईलाई मन्त्रालय नै काज फिर्ता गर्ने निर्णय गरेसंगै बैठकले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइदिन अनुरोध गरेको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
