मैनालीको निर्देशन : पुरानो कालोपत्रे उप्काएर नयाँ बनाउनु
मेचीनगर । धुलावारी भद्रपुर सडकको नाली नसारिने र सडकलाई साँघुरो नबनाइने भएको छ । प्रदेश सरकारको गौरवको परियोजनाको रुपमा परिचित सो सडकमा नाली सारेर सडक साँघुरो बनाउन थालिएपछि विवाद भएको थियो ।
धुलाबारीदेखि भद्रपुरको घोडामारासम्मको नौ किलोमिटरमा प्रदेश सरकारको बजेटबाट कालोपत्रे सडक निर्माण भइरहेको हो । जसमध्ये धुलाबारी मोडदेखि खयरडाँगीसम्मको एक किलोमिटर मात्र निर्माण गर्न बाँकी छ ।
स्थानीयबासीले सडक साँघुरो बनाउन नहुने भन्दै दवाव सिर्जना गरेका थिए । शनिवार दिउँसो प्रदेशका निर्वतमान सांसद् श्रीप्रसाद मैनाली र मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल लगायतले सो विवादास्पद निर्माण कार्यको निरीक्षण गरेका थिए ।
पूर्व सांसद् मैनालीले खयरडाँगीदेखि धुलाबारी मोडसम्मको सबै सडक पुनःनिर्माण हुने जानकारी दिए । पुरानो कालोपत्रे जोगाएर छेउतिर मात्र कालोपत्रे गर्ने निर्माण व्यवसायीले तयारी गरिरहेको भनेर स्थानीयबासीले मैनालीसमक्ष गुनासो सुनाएका थिए ।

मैनालीले प्रति किलोमिटर तीन करोड रुपैयाँका दरले बलियो सडक बनाउन प्रदेश सांसद् हुँदा आफुहरुले छुट्याएको बजेट भएकाले पुरानो कालोपत्रे उप्काएर नयाँ बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिए ।
निरीक्षणपश्चात निर्माण व्यवसायी, सामाजिक संस्थाका प्रतिनिधिहरु र प्रमुख राजनीतिक दलका अगुवाहरुले धुलाबारी मोडस्थित कार्यस्थलमै सो विषयमा छलफल गरेका थिए । छलफलमा सडकलाई कुनै हालतमा साँघुरो बनाउन नहुने सबैको धारणा व्यक्त भएको थियो भने निर्माण व्यवसायीलाई पुरानो नालीलाई सडक क्षेत्र मानेर पुरै भागमा कालोपत्रे गर्न आग्रह गरिएको थियो ।

छलफलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष टिकाराम मग्राती, धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन बिष्ट, निर्माण व्यवसायीको प्रतिनिधि सूर्य अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सडक निर्माण कार्यमा खटिएका साइट मेनेजर सूर्य अधिकारीले अब १३ मिटरको सडक क्षेत्र मानेर बजार क्षेत्रमा कालोपत्रे गरिने जानकारी दिए
।

मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी...
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...