मैनालीको निर्देशन : पुरानो कालोपत्रे उप्काएर नयाँ बनाउनु

मेचीनगर । धुलावारी भद्रपुर सडकको नाली नसारिने र सडकलाई साँघुरो नबनाइने भएको छ । प्रदेश सरकारको गौरवको परियोजनाको रुपमा परिचित सो सडकमा नाली सारेर सडक साँघुरो बनाउन थालिएपछि विवाद भएको थियो ।
धुलाबारीदेखि भद्रपुरको घोडामारासम्मको नौ किलोमिटरमा प्रदेश सरकारको बजेटबाट कालोपत्रे सडक निर्माण भइरहेको हो । जसमध्ये धुलाबारी मोडदेखि खयरडाँगीसम्मको एक किलोमिटर मात्र निर्माण गर्न बाँकी छ ।
स्थानीयबासीले सडक साँघुरो बनाउन नहुने भन्दै दवाव सिर्जना गरेका थिए । शनिवार दिउँसो प्रदेशका निर्वतमान सांसद् श्रीप्रसाद मैनाली र मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल लगायतले सो विवादास्पद निर्माण कार्यको निरीक्षण गरेका थिए ।
पूर्व सांसद् मैनालीले खयरडाँगीदेखि धुलाबारी मोडसम्मको सबै सडक पुनःनिर्माण हुने जानकारी दिए । पुरानो कालोपत्रे जोगाएर छेउतिर मात्र कालोपत्रे गर्ने निर्माण व्यवसायीले तयारी गरिरहेको भनेर स्थानीयबासीले मैनालीसमक्ष गुनासो सुनाएका थिए ।
मैनालीले प्रति किलोमिटर तीन करोड रुपैयाँका दरले बलियो सडक बनाउन प्रदेश सांसद् हुँदा आफुहरुले छुट्याएको बजेट भएकाले पुरानो कालोपत्रे उप्काएर नयाँ बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिए ।
निरीक्षणपश्चात निर्माण व्यवसायी, सामाजिक संस्थाका प्रतिनिधिहरु र प्रमुख राजनीतिक दलका अगुवाहरुले धुलाबारी मोडस्थित कार्यस्थलमै सो विषयमा छलफल गरेका थिए । छलफलमा सडकलाई कुनै हालतमा साँघुरो बनाउन नहुने सबैको धारणा व्यक्त भएको थियो भने निर्माण व्यवसायीलाई पुरानो नालीलाई सडक क्षेत्र मानेर पुरै भागमा कालोपत्रे गर्न आग्रह गरिएको थियो ।
छलफलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष टिकाराम मग्राती, धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन बिष्ट, निर्माण व्यवसायीको प्रतिनिधि सूर्य अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सडक निर्माण कार्यमा खटिएका साइट मेनेजर सूर्य अधिकारीले अब १३ मिटरको सडक क्षेत्र मानेर बजार क्षेत्रमा कालोपत्रे गरिने जानकारी दिए
।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...