राजनीतिलाई सही ठाउँमा ल्याउनका स्ववियु निर्वाचन जरुरी

कुनै बेला परिवर्तनका मुद्धमा प्रभाबसाली भुमीका निर्वाह गरेको स्वतन्त्र बिधार्थी युनियन केहि बर्ष देखी खस्कदै गएको देखीन्छ । गाउँ समाज देश परिवर्तनको दिशा तिर लैजाने बिधार्थी सङ्गठन अहिलेको अवस्थामा आएर अस्तब्यस्त रहेको छ ।
पञ्चायतकाल, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । प्रत्यक २र२ बर्षमा हुने निर्वाचन २०६५ साल पछी २०७३ साल चैत मा भएको थियो ।त्यो बेला पनि त्रीबि का ६२ आङ्गिक क्याम्पस मध्ये आर आर ,जनप्रशासन सहित उपत्यका ९ आङ्गिक र उपत्यका बाहिर १७ निर्वाचन भएको थियो।त्रीबि मा ६२ र एकहजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।
गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो । समय समयमा निर्वाचन नहुँदा (निर्वाचन नहुँदा विद्यार्थीको पक्षमा आवाज उठाउनुपर्ने कुरा) विद्यार्थीको पक्षमा संघर्ष गर्ने कुरा नै बन्देज भइराखेको छ।
विश्व विद्यालयका र क्याम्पसहरुमा समस्या आइराखेको छ। ती बेथिति र विसंगतिहरुको अन्त्यको निमित्त संघर्ष गर्ने र विद्यार्थी का लागि हक/अधिकारको पक्षमा आवाज उठाउने साझा थलो बन्न सकेको छैन्।
-स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको देखीन्छ।
– बिधार्थीहरुमा राजनीतिप्रति वितृष्णा बढेको बढेको देखीन्छ्।
– स्ववियु चुनाव हरेक २र२ बर्षमा गराउदा राजनीतिप्रति बिधार्थीरयुवा पुस्ताको आकर्षण बढाउन सकिन्छ।
-नेपालको शैक्षिक नीति परिवर्तनका लागि मुख्य भूमिका खेल्ने स्ववियु रहेको थियो
-नेपालको विद्यार्थी आन्दोलनलाई रक्षा गर्ने स्ववियु हो।
-अहिले जुन सिसाबमा राजनितिक प्रति युवा पुस्ताको आस हराउदै र ठुला दल प्रतिको असन्तुष्टी छ त्यसको समाधान गर्न सकिन्छ्।
-ठुला दलहरु आफुआफै मा लडाइ र अरुलाई पाखा आफ्नालाई काखा गर्ने चलन बढको छ्। न त अहिले पार्टीमा बहस ,निति बिधीसिदान्तको कुरा हुन्छ नत युवापुस्ता बिच प्रशिक्षण कार्यक्रमको आयोजना हुन्छ्। यदि भैइहाल्यो भने गोष्ठी र मास प्रद्सन मात्र हुने गर्दछ्। जब ठुला दलहरुमा पुजिहाबि हुदै जान्छ युवा पुस्ताबिच प्रशिक्षण को अभाब हुन्छ जो जस्को बिचार मिल्छ त्यो समुह मिलेर बिचारबिहिन समुहको उदय भएको देखिन्छ ।
विद्यार्थी राजनीति धरापमा छ्।स्ववियुबाट नेतृत्व नआउँदा राजनीतिमा दलाल, व्यापारीको हालीमुहाली छ । यसको अन्त्य गर्न पनि स्ववियु निर्वाचन चाहिन्छ ।
त्यहाँबाट नेता जन्मन्छन् । स्ववियु नहुँदा विश्वविद्यालय पनि धराशायी छ । क्याम्पसको वृत्तिविकासको आधारस्तम्भ स्ववियु हो ।
-स्ववियु लाई प्राथामिकता दिने होभने युवा पुस्तामा रुपान्तण र राजनितिक सचेतनाको बिकास सङ्गै युवामा जिम्मावारी बढै जान्थ्यो। निर्वाचन समयमै हुदा बिचार बिहिन सहुमहको उदय नहुन सक्ने सम्भावना रहने छ्।वैचारिक नेतृत्व उत्पादन हुने राजनीतिलाई सही ठाउँमा ल्याउनका लागि समय समयमा स्ववियु निर्वाचन जरुरी छ ।

खुट्टीडाँगी । मेचीनगर – ९ स्थित खुट्टीडाँगी सामुदायिक...

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई...

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा...

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग...