राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो मेचीनगरमा ज्ञापन


मेचीनगर  । मेचीनगरमा जनप्रतिनिधि र कर्मचारी बीच देखिएको टकरावले नागरिकले सास्ति व्यहोर्नु परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल समस्या अन्त्यगरी नागरिकलाई दिने सेवालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
आइतबार ज्ञापन पत्र बुझाउन मेचीनगर पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीलाई नभेटेपछि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर सभापति भीम बहादुर कुँवरले मेचीनगरमा पटक पटक जनप्रतिनिधि र कर्मचारी बीच असहज परिस्थिति सिर्जना हुने गरेको र त्यसको तत्काल अन्त्य हुनु पर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नगरपालिकाले हेर्ने दृष्टिकोड के हो रु उनले प्रश्न समेत गरेका थिए ।

मेचीनगरमा प्रशासकीय अधिकृतले लामो समय काम गरेको रेकड छैन । अखिर किन यस्तो हुन्छ हाम्रो नगरमा उनले जनप्रतिनिधि र कर्मचारीले यसको जवाफ दिनु पर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो दल भएपनि नगरपालिकाले कुनैपनि सर्वदलिय बैठकमा सहभागि नगराएको विषयमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीनगर कमिटीको तर्फबाट ध्यानाकर्शाण गराउन चाहन्छौं पार्टीको प्रेसित विज्ञपक्ष्तिमा उल्लेख छ ।
ज्ञापान पत्र बुझाउन मेचीनगर नगर कमिटीका सभापतिको नेतृत्वमा रञ्जु बस्नेत, मनोज गौतम, याम बुढाथोकी , कमल गौतम, शिव बस्नेत र डिल्लीराम पोख्रेल नगरपालिका पुगेका थिए । ज्ञापन पत्र कमल गौतमले वाचन गरेका थिए ।