नृत्यमा हिमालयन इंग्लिस एकाडेमी प्रथम
मेचीनगर । हिमालयन इंग्लिस एकाडेमी धुलाबारी नृत्य प्रतियोगितामा प्रथम भएको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको २४ औँ वार्षिक उत्सव कार्यक्रमद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा मेचीनगरका सबै संस्थागत विद्यालयलाई पछि पार्दै नृत्य प्रतियोगितामा हिमालयन पहिलो भएको हो ।
प्रतियोगी विभिन्न शैक्षिक विधाहरुमा हिमालयनले भाग लिने गरेको छ । ती विधामा हिमालयनले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । हिमालयनले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप केन्द्रित गतिविधिलाई प्राथमिकतामा राखेको छ ।
हिमालयनले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक सविन पौडेलले बताए । उनले विद्यार्थी, नृत्य निर्देशक र नृत्य प्रशिक्षकको कडा मेहनतका कारण उपलब्धी हासिल गर्न सकिएको बताए ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


