बाहुनडाँगीमा कृतिम हात खुट्टा वितरण हुने
बाहुनडाँगी । मेचीनगर-२ स्थित बौद्धमोडमा कृत्रिम हात खुट्टा वितरण कार्यक्रम हुने भएको छ । ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्था लि.को संयोजकत्त्वमा माग २१ गते उक्त कार्यत्रम हुने भएको हो । शनिबार पत्रकार सम्मेलन मार्फत आयोजकले उक्त कार्यक्रम बारेमा जानकारी दिएको हो ।
ब्रह्माण्ड अपांग महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सचिन निरौलाको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनको प्रमुख अतिथिको रुपमा नेप इन्डिया फाउण्डेसन कालेङ्पुंगकी अध्यक्ष इन्दिरा शर्माको उपस्थिति रहेको थियो । त्यसै गरी अतिथिहरुमा बौद्धमोड बिकास सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, कार्यक्रमको सहयोगी संस्थाबाट रुपमणी काफ्ले र को उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ६० जना हात खुट्टा नभएको मानिसहरुले हात खुट्टा प्राप्त गर्ने कार्यक्रमका अध्यक्ष सचिन निरौलाले जानकारी दिए । त्यसै गरी उनले बाहुण्डाँगीलाई बिस्तारै कृत्रिम हात खुट्टा निमार्णको हबको रुपमा पनि बिकास गर्ने योजना ब्रह्माण्ड सहकारीले लिएको बताएका छन् ।
कृतिम हात खुट्टा वितरण कार्यक्रमको सहयोगी संस्थाहरुको रुपमा भारतबाट नारायणी सेवा संस्थान, नेप इन्डिया फाउण्डेसन, दमकबाट दमक अपांग सहयोगी समिति र श्री रुद्र गौरी श्री अम्बिका प्रतिष्ठान लगायतका संस्थाहरु रहेका छन् ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
