मेचीनगर –५ को पाथीभरा मन्दिरमा श्रीमद् देवी भागवत महापुराणको तयारी
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/12/received_5946479208775430.jpeg)
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित पाथीभरा मन्दिर समितिको आयोजनामा आगामी मंसिर ११ देखि २० गतेसम्म श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
मन्दिर समितिले पुराण सफलपार्न २१ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट पाथीभरा माताको जिर्ण मन्दिर पुनः निर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गर्न लागिएको मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष ज्योती प्रकाश पाठकले बताए ।
नौ दिवशिय महापुराणमा व्यासाचार्य पण्डित सोमनाथ सुवेदीले संगीतमय कथा वाचन गर्ने भएका छन् भने हरेक साँझ भजन किर्तत तथा झाँकी प्रदर्शन हुने आयोकले जनाएको छ । पुस ११ गते बिहान ९ बजे बिभिन्न झाँकी सहित शोभा यात्रा निकालिने र दिउँसो १ बजे कार्यक्रम उद्घान् हुने अध्यक्ष पाठकले जानकारी दिए ।
प्रचार प्रसार समितिले नगरका बिभिन्न ठाउँमा पुगेर प्रचारलाई व्यापक बनाएको र सबै भक्तजन महानुभावहरुलाई पुराणमा सहभागी भइदिन अनुरोध गरिरहेको प्रचारप्रसार समितिका संयोजक लक्ष्मण रिजालले बताए ।आयोजकले ४१ सदस्यीय प्रचार प्रसास समिति गठन गरेको छ भने समितिको सहसंयोजक कृष्ण श्रेष्ठ रहेका छन् ।
त्यसैगरी आर्थिक समितिको संयोजकमा मन्दिर समितिको कोषाध्यक्ष जानुका गिरी रहेकी छन् भने मण्डप व्यवस्थापन समितिको संयोजकमा रुकनारायण श्रेष्ठ छन् । त्यसैगरी अतिथिसत्कार समितिमा रेखा श्रेष्ठलाई जिम्मेवारी दिएको छ । शोभायात्रा व्यवस्थापन समितिको संयोजक श्री हरि संत्सघ समितिका केन्द्रीय सदस्य अमर सुब्बालाई जिम्मेवारी तोकेको समितिले जनाएको छ ।
स्थानीय समाजसेवी लक्ष्मी प्रसाद श्रेष्ठले केही वर्ष अघि व्याक्तिगत रुपमै सानो मन्दिर निर्माण गरेर पूजा आरधना गर्दै आएका थिए । उक्त मन्दिर एक वर्ष अघि उनले समुदायलाई हस्तान्तरण गरेका थिए । मन्दिर समूदायमा आएपछि हामीले विधान बनाएर मन्दिर दर्ता गरिउँ मन्दिर समितिका अध्यक्ष पाठकले भने , ‘सबै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास छ । पुराणबाट संकलित रकमले मन्दिर पुनःनिर्माण गर्छौ ।’ समाजसेवी लक्ष्मी प्रसादले मन्दिरको लागि करिव १० धुर जमिन निशुल्क प्रदान गरेको समितिले जनाएको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...