आहा ! मेचीनगरको ‘वृन्दावन’
मेचीनगर । मेचीनगरमै ‘वृन्दावन’ छ भनेर सबैलाई विश्वास नलाग्न सक्छ । तर, मेचीनगर–३ को तेलपानी वन क्षेत्र पुगेर आउनेले आनन्दको अनुभूति लिएर फर्किन सक्छन् । प्राकृतिक छटाले भरिपूर्ण उक्त वनलाई स्थानीयले वृन्दावनको रुपमा चिनाएका हुन् । त्यहाँ पुग्ने जो कोहीले बास्तविक वृन्दावनको अनुभूति गर्न पाउँछन् । वरिवरि जंगल, एकान्त र शान्त डाँडामा पुग्ने पर्यटकले नयाँ अनुभूति गर्न पाउने त्यहाँको भौगोलिक अवस्थाले पुष्टि गरेकाले वृन्दावन राखिएको हो ।
तेलपानी सामुदायिक वन परिसरमा अवस्थित वृन्दावनलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न समिति लागि परेको छ । यातायात सुविधाले जोडिएको उक्त ठाउँ पुग्न मेचीनगरको इटाभट्टा र काँकरभिट्टाबाट करिब १० किमी उत्तरतर्फ लाग्नुपर्छ ।
वृन्दावनलाई पर्यटकीय क्षेत्रसँगै पिकनिक स्थलको रुपमा विकास गरिएको समूहका अध्यक्ष पर्शुराम पोखरेलले बताए । उनले प्राकृतिक रुपमा शान्त वातावरणमा वृन्दावन अवस्थित छ ।
शनिबार वन समूहले वृन्दावनमा पिकनिक कार्यक्रम आयोजना गरेको उक्त क्षेत्रको थप प्रचारप्रसार गरेको छ । स्थानीय र पर्यटन विकासमा सरोकार राख्ने निकायका प्रतिनिधि सहभागी गराएर वृन्दावनको सम्भावना बारे महत्व दर्शाउने काम गरिएको हो ।
वन समूहका अध्यक्ष पर्शुराम पोखरेलको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं. ३ का वडाध्यक्ष हर्क बस्नेत, वडा नं ४ का अध्यक्ष तथा पर्यटनकर्मी अर्जुनकुमार कार्की, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य संगीता थापा, नेकपा एमाले जिल्ला सदस्य रेणुका डाँगी, रमा भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।
स्थानीय अगुवा सचिन निरौलाको सञ्चालन तथा वन समूहका उपाध्यक्ष रामबहादुर थापाले स्वागत गरेको कार्यक्रममा सामुदायिक वनमा आधारित नाटक प्रदर्शन तथा गीत एवम् नृत्य प्रस्तुत गरिएको थियो ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...