• बुधबार, जेष्ठ १३, २०८३
  • | May 27, 2026

सुन्तला महोत्सव भारतको कोलकातामा सुरू 


सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २२ गतेदेखि दिसेम्बर ९ तारिखबाट कोलकाताको सल्टेक सिटिसेन्टरमा सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको तीनदिने सुन्तला महोत्सव ११ तारिखसम्म हुने एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुन कुमार कार्कीले बताए ।

नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।

हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिएका संयोजक कार्कीले बताए ।

उनले देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भूटान र बंगलादेशको पर्यटकहरुलाई नेपालमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो ।

उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको थालनी भएको गरिएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।


श्रीमतीको सम्झनामा २ लाखको अक्षयकोष 

मेचीनगर । मेचीनगर-८, स्थित आदर्श माध्यमिक विद्यालयमा २...

इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कपको हिसाब सार्वजनिक

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...

धाइजन–चारआली महिला च्यालेन्ज कपको आज उद्घाटन

चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...

वडास्तरीय फुटबलको उपाधि मेचीनगर १२ लाई

मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

लाइन काटेको रिसमा विद्युत् कर्मचारीमाथि आक्रमण, आरोपी प्रहरी नियन्त्रणमा

मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...

फाइनलमा वडा नम्बर ५ र १२ भीड्ने

मेचीनगर । मेचीनगर–३ वडा कार्यालय अन्तर्गत रहेको खेलकुद...

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...

कपिल क्षेत्रीको नेतृत्वमा समावेशी प्यानलको घोषणा

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...