• शुक्रबार, मंसिर २२, २०८०
  • | December 8, 2023

सुन्तला महोत्सव भारतको कोलकातामा सुरू 


सन् २०१३ देखि कोलकातामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको पाँचौ संस्करण मंसिर २२ गतेदेखि दिसेम्बर ९ तारिखबाट कोलकाताको सल्टेक सिटिसेन्टरमा सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको तीनदिने सुन्तला महोत्सव ११ तारिखसम्म हुने एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक अर्जुन कुमार कार्कीले बताए ।

नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहेको उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।

महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।

हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिएका संयोजक कार्कीले बताए ।

उनले देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भूटान र बंगलादेशको पर्यटकहरुलाई नेपालमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।

सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो ।

उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको थालनी भएको गरिएको आयोजक हिमालयन ओरेन्ज टुरिजम फेस्टिवलले जनाएको छ ।


मेचीनगरमा डोजर चल्यो, अतिक्रमण गरी बनाइएका टहरा हटाइए

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण...

लाल भागिरथा प्रतिष्ठान :  डाक्टर, किसान र गृहिणी पुरस्कृत

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक...

मेचीनगरबाट नेपाल–भारत सीमा स्तम्भको मर्मत सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका...

धाईजनमोडका छोरीबुहारीले जागृत बाललाई गरे सहयोग

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीपारि बल्ने भो विजुली बत्ती

झारुबस्ती । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने...

प्याब्सन मेचीनगर : सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इष्ट होराइजन गुञ्जिने

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

एनएमसी इटाभट्टाको ३१ औं साधरणसभा

इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले...