सातौँ सुन्तला महोत्सव मंसिर २२ बाट कलकत्तामा हुने
मेचीनगर । सन् २०१३ देखि भारतको कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको सातौँ संस्करण मंसिर २२ गतेबाट २४ गतेसम्म अथात् दिसेम्बर ९ बाट ११ तारखिसम्म हुने भएको छ । आज एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार कार्कीले पत्रकार संमेलन मार्फत यसपटकको महोत्सब मंसिर २२, २३ र २४ गते कलकत्ताको सल्टेक सिटिसेन्टरमा सम्पन्न हुने जानकारी गराए ।
नेपाल, भारत, भुटान र बंगलादेशको सहभागिता रहने उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिए ।
उक्त महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराहरुको पनि प्रचार–प्रसार गर्ने संयोजक कार्कीले बताए ।
हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्षदेखि कोरोनाको कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीहरुले उक्त महोत्सवमा भाग लिने कुरा संयोजक कार्कीले बताए ।
देशको स्थानीय उत्पादनको प्रचार गर्न र भारत, भुटान र बंगलादेशको पर्यटकहरुलाई देशमा बोलाउन यो महोत्सवको विशेष महत्व रहेको संयोजक कार्कीले बताए ।
सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचमा आएकोे दूरी थियो । जसले नेपाल, भारत, भुटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो । उक्त प्रभावलाई निवारण गर्न र यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षक बनाएर यो महोत्सवको थालनी भएको संयोजक कार्कीले जानकारी गराए ।
झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया...
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले विविध कार्यक्रमका साथ...
बिर्तामोड । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल...
मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने...
बिर्तामोड । पूर्वी नेपालको लोपोन्मुख मेचे जातिका बारेमा...
मेचीनगर । मेचीनगर नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस...
मेचीनगर । मेचीनगर-९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी...