झापा १ : सर्वदलिय बैठक जारी, मतगणनामा ढिलाइ हुने
मेचीनगर । झापा क्षेत्र नं १ को मतगणनामा केही ढिलाइ हुने भएको छ । केही बेर अघि शुरू भएको सर्वदलिय बैठक जारी छ । सर्वदलिय बैठकले सदर र बदर मतका बारेमा छलफल गरेर निर्णय गर्नेछ ।
त्यस्तै मतपेटिका कसरी मिसाएर गणना गर्ने भन्ने निर्णय पनि सर्वदलिय बैठकले गर्नेछ । मतगणनाको समय समेत सर्वदलिय बैठकले नै गर्ने निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।
हिजाे सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं.१ मा ७२ प्रतिशत मत खसेको थियाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार ८७ हजार ३ सय ९६ मत खसेको छ ।
मतदान गर्नेमा ४२ हजार ६१२ पुरुष, ४४ हजार ७८४ जना महिला मतदाता रहेका छन् । झापा क्षेत्र नं. १ मा १ लाख २० हजार ७५४ मतदाता रहेका छन् ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

