मौन अवधिमा पनि आचारसंहिता विपरीत भोट माग्दै विश्वप्रकाश शर्मा
झापा ,२ मंसिर । आसन्न मंसिर ४ को निर्वाचनको प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर –१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ।
मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै पनि तवरबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ।
यता एटी अलर्टबाट विश्वप्रकाश शर्माको नाममा विभिन्न व्यक्तिहरुलाई मोबाइल नम्बरमा म्यासेज मार्फत विश्वप्रकाश शर्मालाई मत दिन भनिएको छ।
मौन अवधि शुरु भैसकेकाले यसरी मत माग्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताउँदै झापा क्षेत्र नम्बर –१ का निर्वाचन अधिकृत टंक बहादुर महतले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसंहिता विपरीत गतिविधि गर्ने उम्मेदवारलाई कानुनी कारबाही हुने बताएका छन्,।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

