मौन अवधिमा पनि आचारसंहिता विपरीत भोट माग्दै विश्वप्रकाश शर्मा

झापा ,२ मंसिर । आसन्न मंसिर ४ को निर्वाचनको प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली काङ्ग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर –१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ।
मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै पनि तवरबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ।
यता एटी अलर्टबाट विश्वप्रकाश शर्माको नाममा विभिन्न व्यक्तिहरुलाई मोबाइल नम्बरमा म्यासेज मार्फत विश्वप्रकाश शर्मालाई मत दिन भनिएको छ।
मौन अवधि शुरु भैसकेकाले यसरी मत माग्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताउँदै झापा क्षेत्र नम्बर –१ का निर्वाचन अधिकृत टंक बहादुर महतले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसंहिता विपरीत गतिविधि गर्ने उम्मेदवारलाई कानुनी कारबाही हुने बताएका छन्,।

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...