इटाभट्टामा भाेली, आउँदैछन् केपी ओली

मेचीनगर । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न भोलि मंसिर १ गते मेचीनगर आउने निश्चित भएको छ ।
नेकपा एमालेले विहीवार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए ।
उनका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व खाली चौरमा आमसभा हुनेछ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली विहान १०ः३० बजे आउने भएका छन् ।
झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सबिना बजगाई उम्मेद्वार रहेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खरेलले पार्टीका अध्यक्ष ओलीबाट झापा १ का आम मतदाताहरुका लागि चुनावी सन्दर्भमा महत्वपूर्ण सन्देश लिएर आउने भएकाले सबै आमावुवा, दिदीबहिनी र दाजुभाइलाई आमसभामा सहभागिताका लागि अपिल गरेका छन् ।
मंसिर ४ को चुनावपछि मुलुकमा नेकपा एमालेको सरकार बन्ने र त्यसको नेतृत्व पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएकाले झापा १ का मतदाता ओलीको चुनावी सभालाई भब्य र सफल बनाउन आतुर रहेको प्रदेश १ का उम्मेद्वार कोइरालाले बताए ।

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...

ईटाभट्टा । झापाको मेचीनगरमा सक्रिय मेची अभियानको आर्थिक र...

मेचीनगर । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र...

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकडभिट्टाले...