झापा-१ : पूर्व लडाकुसहित ठूलो संख्यामा एमाले प्रवेश
काँकरभिट्टा । मेचीनगरको वडा नं. १५ मा ठूलो संख्यामा माओबादी र नेपाली कांग्रेसका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेले गरीव वर्गका लागि ल्याएको नीति र कार्यक्रमबाट प्रभावित भएको नवप्रवेशीहरुले बताएका छन् ।
आज विहान गोमनसरीको देवीबस्तीमा एक कार्यक्रमबीच झापा–१ का प्रतिनिधिसभा सदस्यको उम्मेद्वार एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश सभा सदस्यको उम्मेद्वार एवम् संविधानसभा सदस्य रबिन कोइराला र निवर्तमान प्रदेश सांसद् श्रीप्रसाद मैनालीले पार्टी प्रवेश गरेकाहरुलाई खादा र अबिर लगाएर स्वागत गरे ।
माओबादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुमा चेतन करुवा, नारद करुवा, दुर्गा निरौला, चित्रबहादुर बस्नेत, गोपाल थापा, बमबहादुर खड्का, सन्तोष करुवा, रुपक करुवा, रुस्तन करुवा, ताला सोरेन, दिनेश दाहाल, ज्ञानु करुवा लगायत ३६ जना रहेका छन् ।
यसैगरी दिलबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर २२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले जिल्ला कमिटी सदस्य चन्द्र प्रसाईले पार्टी प्रवेश कार्यक्रमको सञ्चालन गरेका थिए ।
ठूला संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेपछि ज्यामिरगढीको निन्दा पूर्वको क्षेत्रमा माओबादी रित्तिएको एमाले जिल्ला सदस्य चन्द्र प्रसाईले दावी गरे ।
एमालेमा प्रवेश गरेका चेतन करुवा माओबादीको पूर्व जनमुक्ति सेनाका लडाकु समेत हुन् । उनले माओबादीले जनमुक्ति सेनाका पूर्व लडाकुहरुलाई वेवास्ता गरेको, कांग्रेसको पिछलग्गु भएर कम्युनिस्ट सरकार गिराएको र गरीवका हित कुनै कार्यक्रम नल्याएको बताउँदै नेकपा एमालेलाई फेरि सरकारमा पुर्याउन आफुहरु बिनाशर्त एमालेमा प्रवेश गरेको बताएका छन् ।
हिजोका दिनमा माओबादीमा रहेका पूर्व लडाकुहरु अहिले अधिकांश नेकपा एमालेमा प्रवेश गरिसकेको समेत उनले बताए ।
मंसिर ४ नजिकिदै जाँदा नेकपा एमालेमा प्रवेश लहर बढेपछि कांग्रेस र माओबादीको गठबन्धन अत्तालिएको प्रसाई बताउँछन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
