माओवादीको मत प्रतिशत सिङ्गल डिजिटमा सिमित हुने छ : अग्नि खरेल


मेचीनगर । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा झापा जिल्लाका इन्चार्ज अग्निप्रसाद खरेलले मंसिर ४ को निर्वाचन पछि नेकपा माओवादी केन्द्रको मत प्रतिशत सिङ्गल डिजिटमा सिमित हुने बताएका छन् ।

आज (शुक्रबार) झापा क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार, पूर्व कानुन मन्त्री तथा पूर्व महान्याधिवक्ता अग्नि प्रसाद खरेलले मेचीनगर नगरपालिका वडा नम्बर ३ स्थित धरधरेको कोण सभामा सम्बोधन गर्ने क्रममा अब नेकपा माओवादीको मत प्रतिशत सिङ्गल डिजिटमा सिमित हुने बताएका हुन् ।

साथै उनले उक्त वडाका अन्य कोण सभाहरुलाई सम्बोधन गर्ने क्रममा हात्ति समस्याको समाधान, जनताको तटबनधन कार्यक्रम मार्फत नदि जन्य जोखिमको नियन्त्र, स्थानीय स्रोतसाधनको प्रयोग र लघुउद्यमहरुको प्रबद्धन गर्ने लगायतको कुराहरुलाई विशेष प्राथमिक्ताका साथ सम्बोधन गरेका छन् ।

त्यसैगरी झापा क्षेत्र नम्बर १ प्रदेश – ‘क’ का उम्मेदवार, नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज रविन कोइरालाले समेत सम्बोधन गरेको उक्त कार्यक्रमहरुमा उम्मेदवार कोइरालाले आफू सदैब जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले वडामा रहेको नदि जन्य समस्याहरुको समाधानप्रति आफू गम्भिरताका साथ लागि पर्ने बताएका छन् ।

वडामा भएका कोण सभा कार्यक्रमहरुको बीचमा नेकपा एमालेको नीति तथा कार्यक्रम मन पराएर माओवादी केन्द्रका दर्जन बढि कार्यकर्ताहरु एमालेमा प्रवेशको वडा निवार्चन परिचालन समितिकी संयोजक रमा भण्डारीले बताइन् ।

वडाको उक्त कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य श्रीप्रसाद मैनाली, निलकण्ठ तिवारी, केन्द्रीय खानेपानि विभाग सदस्य सन्तोष आचार्य, क्षेत्र नम्बर १ का संयोजक टिकाराम मंग्राती, मेचीनगर इन्चार्ज देव कुमार राई, जिल्ला कमिटि सदस्य कृष्ण कनाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

टोल बासीहरुको अध्यक्षतामा सम्पन्न ५ वटा कोण सभा कार्यक्रमहरुको संचालन नेकपा एमाले जिल्ला कमिटि सदस्य रमा भण्डारीले गरेकी थिइन् ।