मेचीनगर ४ : जेष्ठ नागरिकका लागि व्ययामशाला सञ्चालनमा
बाहुनडाँगी । मेचीनगर – ४, बाहुनडाँगीमा जेष्ठ नागरिक लाई लक्षित गरि व्ययामशाला संचालनमा ल्याइएको छ । जेष्ठ नागरिक व्ययामशालाको शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका छन् । झापा मेचीनगर–६, हाल हङकङ निवासी नरेन्द्रकुमार गुरुङ तथा पुष्पा गुरुङ ले व्ययाम सामाग्री उपलब्ध गराएपछि व्यामशालाको निर्माण गरिएको हो । बाहुनडाँगी आयूर्वेदिक औषधालयको खाली जमिनमा व्ययामशाला निर्माण गरिएको छ ।

व्यामशाला उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले स्वास्थ जीवनका लागि व्ययामशाला अति आवश्यक रहेको बताए । उनले दैनिक रुपमा कम्तीमा एक घण्टा शारीरिक व्याम गर्न आवश्यक छ । मेचीनगरमा यो वडाबाट सुरु भएको यो अभियान अन्य वडामा पनि सुरु गर्न आवश्यक रहेको बताए । नगर प्रमुख बुढाथोकील व्यामशाला सञ्ंचालन तथा थप सामाग्रीहरुका लागि नगरपालिकाको सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा माइती नेपालका पूर्वाचल प्रमुख गोविन्द घिमिरे, शक्ति नेपालकी मीरा भट्टराई, मेचीनगर वडा नं १ का वडाध्यक्ष रामकुमार राई, नेकपा एमालेका युवा नेता प्रविन भण्डारी, मेचीनगर ४ का वडा सदस्य पवन बराइली लगायतको उपस्थीति रहेको थियो । मेचीनगर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न व्यामशाला उत्घाटन कार्यक्रमको स्वागत वडा सदस्य गीता मगरले गरेकी थिइन् ।

मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
