बौद्धमोड इङलिस स्कुलको आफ्नै वेबसाइड
बाहुनडाँगी । बौद्धमोड इङलिस बोर्डिङ स्कुलले आफ्नो आधिकारिक वेब साइड संञ्चालनमा ल्याएको छ । मेचीनगर–२ बौद्धमोडमा रहेको बौद्धमोड बोर्डिङले स्कुलको सम्पूर्ण विवरण सहितको वेब साइड संञ्चालनमा ल्याएको हो ।
लिङ बाइनरी प्रा. लि बिर्तामोडको प्राविधिक सहयोगमा वेब साइड तयार पारिएको प्रिन्सिपल भावना राईले जानकारी दिइन । २०७२ सालमा मण्टेश्वरी बाट संञ्चालन भएको स्कुल अहिले कक्षा ७ सम्म पढाइ हुने गरेको छ । विद्यालयले म्यूजिक कक्षा, आर्ट कक्षा र नृत्य कक्षा समेत सचालन गर्दै आएको भाइस प्रिन्सिपल रोशन घिमिरेले जानकारी दिए । स्कुलले नैतिक शिक्षा लाई विशेष जोड दिइएको घिमिरेले बताए ।

ग्रामिण क्षेत्रबाट सञ्चालन रहेको भएपनि अन्य विद्यालय भन्दा आफु उत्कृष्ट नै रहेको विद्यालयका फाउण्डर सचिन निरौलाले जानकारी दिए । अहिले कक्षा सात सम्म पढाइ हुने भएपनि प्लस टु को अवधारणा बाट विद्यालय सञ्चालन गरिएको निरौलाले बताए । ‘२०८० सम्ममा पचास जना निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई निशुल्क पढ्ने वातावरण बनाउन लागि परेको छु’ । उनले भने–‘ दाताहरु सँगको सहकार्यमा निशुल्क पढ्ने वातावरण तयार हुने छ ।’ अहिले सात जना विद्यार्थीहरु दाताहरुको सहयोगमा निशुल्क अध्ययन गरिरहेका छन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
