लोकतन्त्र मेगेजिन : ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
मेचीनगर । झापाको मेचीनगरबाट प्रकाशित लोकतन्त्र पोस्टले एक सय पृष्ठको रंगिन विशेषांक (लोकतन्त्र मेगेजिन) प्रकाशित गरेको छ ।
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १४ वर्ष जेल जीवन बिताएका सानो दुर्गा अधिकारी र २०६२/०६३ को जनान्दोलनमा सेनाको गोली लागेर घाइते भएका गोपाल श्रेष्ठसहित मेचीनगरका १२ जना पत्रकारहरुले सोमवार संक्षिप्त कार्यक्रमबीच संयुक्त रुपमा लोकतन्त्र मेगेजिनको लोकार्पण गरेका छन् ।
लोकार्पण गर्ने पत्रकारहरुमा ज्ञानेन्द्र निरौला, डम्बर बराल, पवन पौडेल, झुलन रेग्मी, जीआर धिताल, शिशिर चम्लागाई, प्रकाश पौडेल, गगन ढकाल, युवराजआचार्य लगायत रहेका छन् । लोकतन्त्र पोस्ट दैनिकले बिगत आठ वर्षदेखि वार्षिक रुपमा रंगिन मेगेजिन प्रकाशित गर्दै आएको छ । हरेक वर्ष दसैंमा प्रकाशित हुँदै आएको मेगेजिन यसपाली तिहारमा प्रकाशित भएको पत्रिकाका सम्पादक तथा प्रकाशक मोहन काजीले बताए ।

एक सय पृष्ठ रहेको यसपालीको मेगेजिनको कभर थिम ‘व्यवस्था फेरियो, अवस्था उस्तै’ भन्ने रहेको छ । ‘थुप्रै व्यवस्था फेरिदा पनि आम जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको विषयलाई जोडदार रुपमा उठाउनु यसपालीको मेगेजिनको उद्देश्य हो,’ काजीले भने–‘राज्यको नीति निर्माता र नेतृत्वदायी जिम्मेवारीमा रहेकाहरुलाई खबरदारी गर्न सक्यौं भने हामी सफल भएको ठान्नेछौं । मेगेजिनको सन्देश पनि यही हो ।’

मेगेजिनभित्र राष्ट्रगानका रचयिता व्याकुल माइला, चराखोजकर्ता देबेन्द्र खरेल, प्रखर युवा उद्यमी आशिष शर्मा, सप्तकोशी विकास बैंकका कामु सीइओ दिनेश पोखरेल, अभियन्ता अर्जुनकुमार कार्की, क्यान्सर रोग विशेषज्ञ डा। वीरेन्द्र यादव र नेत्ररोग विशेषज्ञ डा. जेनु शैजुको विशेष र रोचक अन्तरवार्ता प्रकाशित छ ।

यसैगरी, प्रख्यात राजनीतिक विश्लेषक डम्बर खतिवडा, पुण्यप्रसाद खरेल, डा। अरुणा उप्रेती, कमन देवान, भीमा शिवाकोटी र गोविन्द्र न्यौपानेको फरक धारका विशेष लेख प्रकाशित रहेको छ ।
जनार्दन दाहाल र विन्दु अधिकारीको साहित्यिक रचना समेत मेगेजिनमा समेटिएको छ भने राजकुमार दिक्पाल, अम्बिका भण्डारी, अर्जुन कार्की र रेवतिराज घिमिरेको खोजमूलक लेख प्रकाशित छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...