शर्माले भने– राजनीतिक रुपान्तरण जरुरी
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् ।
विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् ।
‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै अन्यायमा पारिएका छन्,’ उनले भने, ‘त्यसैले परिवर्तन पछाडि फर्केर होइन, अगाडि बढेर हुने हो ।’ उनले विगतमा जिताएर पठाएका व्यक्ति अहिले आएर आफै खुम्चिनु पर्दा राजनीतिक रुपान्तरण सम्भव नभएको टिप्पणी गरे । ‘रुपान्तरण भनेको परिवर्तन हो,’ उनले भने, ‘परिवर्तन गर्न खोज्नेहरु क्रमशः तल झरिरहेको अवस्था छ । यो राजनीतिको सुन्दर संकेत होइन ।’
कार्यक्रममा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले विगतमा गरेको कामको मूल्यांकन गरेर विजय गराउनु हुनेमा आफू विश्वस्त रहेको बताए । ‘विगतमा मैले विभिन्न संघसंस्थाको नेतृत्वदायी जिम्मेवारी समालेको थिएँ,’ उनले भने, ‘आज त्यसरी नै संसदको पदमा बसेर काम गर्ने अवसर दिनुहुन्छ भन्ने पूर्ण विश्वस्त छु ।’ उनले आफ्नो प्रतिष्पर्धी घटुवा हुनु भनेकै जितको संकेत भएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, समानुपातिक उम्मेद्वार तारा रुचाल, प्रदेशका समानुपातिक उम्मेद्वार बालजीत राई, एकीकृत समाजवादी मेचीनगर सचिव हरि तिम्सिना, काँग्रेस मेचीनगर–६ का वडा सभापति पारस सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
यसैगरी, लोकतान्त्रिक गठबन्धनले वडा नं ४ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरेर चुनावी प्रचार तीब्र बनाएको छ । यता मेचीनगर ५ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । ती कार्यक्रममा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्मा, समानुपातिकतर्फका उम्मेद्वार भरत सुब्बा, प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालजीत राई, नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, काँग्रेस नेता नविन बराल, माओवादी केन्द्रका नेता राजु दाहाल, इन्द्र सुब्बा, नारायण खड्का, सागर कार्कीलगायतले बोलेका थिए ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
