झापा क्षेत्र नं १ : बढ्यो एमालेको चुनावी चहलपहल
झापा क्षेत्र नं १ मा एमालेको चुनावी चहलपहल बढ्य
मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं १ मा चुनावी अभियानलाई तिब्रता दिएको छ । आसन्न मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै एमालेले क्षेत्र नं १ मा आफ्नो चुनावी अभियानलाई अगाडि बढाएको हो ।
एमाले चुनाव प्रचार-प्रसार समितिले निर्वाचन क्षेत्रको वडा वडामा उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि पुर्व कानुन मन्त्री, एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेल र प्रदेश (क) मा एमाले केन्द्रीय सदस्य तथा झापा जिल्ला सह-इन्चार्ज रविन कोईरालासहितको टोली लिएर अहिले चुनावी माहोल बनाउदै कार्यकर्ता भेटघाटलाई तिब्रता दिइरहेको छ ।
अभियानमा अहिले एमालेका केन्द्रीय तहदेखि वडा तहसम्मका नेतृत्वहरूको सहभागीता रहेको छ । कार्यक्रममा अहिले केन्द्रीय सल्लाहकार सदस्य बिष्णु प्रसाईं, प्रदेश कमिटी सदस्य श्री प्रसाद मैनाली, राजु कार्की, बन्दन कुमार मुण्डा, देवकुमार राई, मेचीनगर अध्यक्ष राजु पोखरेललगायतको उपस्थिती रहने गरेको छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


