मेचीनगर एशोसिएसन : अवकास प्राप्त कर्मचारीलाई सम्मान गर्ने
मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरले अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान तथा बिधाई गर्ने भएको छ । नगरपालिकाका कर्मचारीहरुको साझा संस्था एशोसिएसनले आगामी असोज १३ गते अवकास प्राप्त कर्मचारीहरुलाई सम्मान सहित विदायी गर्ने भएको हो ।
एशोसिएसनले कार्यालय सहयोगीदेखि अधिकृतसम्मका अवकास प्राप्त कर्मचारीलाई सम्मान तथा बिधाई गर्ने कार्यक्रम रहेको एशोसिएसनले आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको हो ।
एशोसिएसनले भुइदल राई, इन्द्र बहादुर थापा, रामशरण डुम, अग्नि दाहाल, गीता सापकोटा, र निरानन्द आचार्यलाई सम्मान तथा बिधाई गर्ने कार्यक्रम रहेको एशोसियसनका अध्यक्ष रविनशन थापाले जनकारी दिए । ‘हामी कर्मचारीको हक हित र सुरक्षको लागि क्रियाशिल रहन्छौं त्यसैले अवकास कर्मचारीहरुको सम्मान गर्नु पनि हाम्रो दायित्व हो’ । पत्रकार सम्मेलनमा थापाले भने, ‘वर्षे देखि आफ्नो श्रम र पसिना बगाएका कर्मचारी विधाई हुँदा नगरपालिकालेनै सम्झनु पथ्र्याे तर नगरपालिकाले ध्यान नदिएकोले हामीले त्यो अभियान सुरु गरेका छौं ।’

एशोसिएसनले सोही दिन निशुल्क आँखा परीक्षण शिविर समेत आयोजना गरेको एशोसिएसनका केन्द्रिय सदस्य सञ्जय ढुंगानाले जानकारी दिए । शिविरमा मेची नेत्रालयको प्रविधिक सहयोग रहने र आँखाको सास्या भएका र चश्मा आवश्यक पर्ने आँखाका रोगीहरुलाई नेत्रालयले निशुल्क चश्मा समेत वितरण गर्ने उनको भनाई छ ।
एशोसिएसनले कर्मचारी, जनप्रतिनिधि र प्रत्यक वडाबाट करिव १० जना सर्वसाधारण गरी जम्मा ३०० जनाको आँखा परीक्षण गर्ने कार्यक्रम रहेको ढुंगानाले जानकारी दिए ।
मेचीनगर नगरपालिकाले केही वर्ष अघि सम्म अवकास प्राप्त कर्मचारीको औपचारीक कार्यक्रम आयोजना गरेर कर्मचारी सम्मान तथा विदायी गरिदै आएको भएपछि पछिल्ले केही वर्ष तया नगरपालिकाले त्यस तर्फ ध्यान नदिएको कारण एशोसिएसनमार्फत यसकिसिमको कार्यक्रम सुरु गरिएको कोषाध्यक्ष रितप्रसाद भेटवालले जानकारी दिए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

