‘आरोपी’ शिक्षकलाई अध्यापनबाट तत्काल हटाउ : अखिल क्रान्तिकारी
मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० झापाले मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका शिक्षक दिपेश पाठकले सोही विद्यालयकी छात्रालाई आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका जिल्ला इन्चार्ज खगेन्द्र सिटौलाले आज ९बुधबार० प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति चासो व्यक्त गरेको हो । संगठनले यौन दुव्र्यवहार जस्तो अपराधलाई ढाकछोप गर्न विद्यालय प्रशासन सकृय भएकोप्रति आपत्ति जनाएको छ । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पीडित परिवारलाई दबाव सिर्जना गर्दै घटनालाई लुकाउन खोजिएको पाइएको छ ।’

संगठनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी भनिएका शिक्षक पाठकलाई अध्यापनमा रोक लगाउन माग पनि गरेको छ । साथै, पीडित परिवारको न्यायको निम्ति जोडदार पहल गर्न सबै पक्षसँग अपिलसमेत गरेको छ । संगठनले घटनालई दबाउन वा मिलाउन लागे जस्तोसुकै कारवाही गर्ने चेतावनी दिएको छ ।
होलिवेल इङ्लिस स्कूलमा ‘यौन दुव्र्यवहार’ भएको घटना मंगलवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । लगतै संगठनले विज्ञप्ती जारी गरेर घटनाप्रति चासो व्यक्त गरेको हो । सोही घटनाका विषयमा अन्य विद्यार्थी संघ संगठनहरुले भने आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
