मेचीनगर स्वास्थ्य शाखा : वार्षिक समिक्षा कार्यक्रम
झापा । झापाको मेचीनगर स्वास्थ्य शाखाले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा आज आयोजित कार्यक्रममा स्वास्थ्य कार्यक्रमहरुको वाषिर्क समिक्षा संगै उत्कृष्ट कार्य सम्पादन गरेवापत एक स्वास्थ्य चौकी र एक आधारभूत स्वास्थ्य केन्द्रलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा काँकरभिट्टा स्वास्थ्य चौकी र ९ नं आधारभूत स्वास्थ्य केन्द्र रहेको छ । कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, वरिष्ठ प्रशासकीय अधिकृत आनन्तप्रकाश वोस्ती, स्वास्थ्य कार्यालय निमित्त प्रमुख चुडामणिा लुइँटेललगायतले उत्कृष्ट हुने स्वास्थ्य चौकी/केन्द्रलाई सम्मन गरेका थिए ।
कार्यक्रमको संचालन स्वस्थ्य शाखा प्रमुख सबिता बास्कोटाले गरेकी थिइन् ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

