राज्यले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्छ : साँसद मैनाली
झापा । प्रदेश साँसद श्रीप्रसाद मैनालीले नेपालमा अझै पनि शिक्षाको पहुँच सबै क्षेत्र र समुदायमा पुगिनसकेकाे बताएका छन् ।
५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै साँसद मैनालीले नागरिकले सहजरूपमा स्वास्थ, शिक्षा र रोजगार पाउनुपर्ने वातावरण बनाउन राज्य संवेदनशील बन्नुपर्ने बताए । उनले नगरपालिकालाई शिक्षामा विशेष जाेड दिन आग्रह गरे ।
शिक्षा क्षेत्रमा सबल भएका राष्ट्रहरू अहिले विश्वका शक्तिको रूपमा स्थापीत भइरहेको बताउँदै उनले नेपालमा पनि शिक्षा क्षेत्रको विकासमा लगानी बढाउनु पर्ने बताए ।
मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत, विभिन्न राजनीतिक दल, शिक्षक संगठनका प्रतिनिधिहरूले बोलेको कार्यक्रममा नगरको शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्ति, पुर्व शिक्षक, कर्मचारी र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गिरएको थियो ।
मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षता आयोजना भएको कार्यक्रम सञ्चालन नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गरका थिए ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

