मेचीनगरमा इण्डो नेपाल कराते प्रतियोगिता सुरू
झापा । झापाको मेचीनगर नगरपालिकामा नेपाल र भारतको खेलाडी सम्मेलीत आठौं इण्डो नेपाल कराते च्याम्पियनसिप प्रतियोगिता आइतबारबाट सुरू भएको छ ।
मेचीनगर ६ स्थित काँकरभिट्टा सामुदायिक भवनमा आजबाट सुरू भएको प्रतियोगितामा प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, इलाम, धनकुटालगायत सबै जिल्ला तथा छिमेकी मुलुक भारतको दिल्ली, कोलकाता, सिक्किम, आसाम, दार्जिलिङ, सिलुगढी, बागडुग्रालगायत क्षेत्रका खेलाडीहरूले विभिन्न तौल समुहमा प्रतिष्पर्धा गर्दैछन् ।
२० केजी तौलदेखि ६७ केजी तौल समुहका ५ सय महिला तथा पुरूष खेलाडी सहभागी प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने आयोजक सितोरियो कराते स्कूल डोजो झापाका सचिव शम्भु श्रेष्ठले जानकारी दिए ।
देशलाई अन्तराष्ट्रीय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद मात्रै भएकाले स्थानीय स्तरबाटै बिगतदेखि अन्तराष्ट्रीय प्रतियोगिता आयोजना गर्दै आएको आयोजक समितिले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

